इक्वेटेरिल । मध्यपश्चिम अफ्रिका महादेशको ईक्वेटरियल गेनियामा रहेको बाटा शहरमा गैर आवासीय नेपााली संघ ईक्वेटरियल गेनियामा राष्ट्रिय समन्वय परिषदको प्रथम महाधिबेशन संम्पन्न भएको छ ।
महाधिवेशनले कृष्णचन्द्र सेढाइँको अध्यक्षतामा नौ सदस्यको नयाँ कार्यसमिति दुई वर्षको लागि निर्विरोध चयन गरेको छ ।
कार्यसमितिमा उपाध्यक्ष कमल गौतम, सचिव बिष्णुहरि सेढाइँ, कोषाध्यक्ष राजकुमार केसी, सदस्यहरू सुमन बिक, मानबहादुर कार्की, लवकुमार थपलिया, दूतराज लामा र अनिस ल्वागुण निर्विरोध चयन भएका छन् ।
निवर्तमान अध्यक्ष सन्तबहादुर बिष्टलाई गैर आवासीय नेपााली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमा ईक्वेटरियल गेनियाको प्रतिनिधित्व गर्ने जिम्मेवारी प्रदान गरेको छ ।
गैर आवासीय नेपााली संघ ईक्वेटरियल गेनिया राष्ट्रिय समन्वय परिषदको स्थापना करिब एक वर्ष अगाडि २०१६ मार्चमा गैर ७३औं शाखाको रुपमा भएको थियो ।















प्रतिक्रिया