
काठमाडौं । ‘मोडल हन्ट नेपाल २०१७’ का लागि ७० प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित पहिलो र दोस्रो चरणको अडिसनबाट यी प्रतियोगी छानिएका हुन् ।
प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरी उनीहरूको ब्यवसायिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुगाउने उदेश्यले बिगत ३ वर्षदेखि नियमित प्रतियोगिता आयोजना हँुदै आएको छ ।
प्रारम्भिक चरणको अडिसनबाट छानिएका प्रतियोगीहरू अब अन्तिमस्पर्धाका लागि थापाथलीस्थित मुड्स स्टुडियोमा ६ गतेदेखि नियमित प्रशिक्षणमा जुट्ने छन् ।
युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तर्राष्ट्रियस्तरको मोडल बन्न प्रतियोगिता लाभदायक हुने नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।
प्रतियोगीले अन्तिम स्पर्धामा ¥याम्प, व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज पर्पmमेन्स, पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तित्वहरूद्वारा प्रशिक्षण लिने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
प्रतियोगिताको बिजेताले नगद रु १ लाख, अमेरिकामा आयोजना हुने वर्ल्ड फेसन परेडदेखि कोरियामा हुने फेसन वल्र्डसम्ममा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनुका साथै म्युजिक भिडियो र बिज्ञापन चलचित्र अभिनय अवसर प्राप्त गर्न सक्ने छन् ।















प्रतिक्रिया