१ कार्तिक २०८३, आइतबार

प्रदीप राईलाई खोटाङ सेवा समाजद्वारा सहयोग प्रदान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

कतार । खोटाङ सेवा समाज कतारले कतारमा आएका खोटाङ जिल्ला निबासी पीडित प्रदीप रार्इलार्इ आर्थिक सहयोग गरेको छ ।

राई कार्यरत कम्पनीको क्याम्पमा गएर नगद र खाद्यान्न समाग्री सहयोग गरिएको हो ।

खोटाङ जिल्ला दिप्रुंङ गाउँपालिका– १ बतासे निबासी प्रदीप रार्इ करिब ३ महिना अगाडि कतारको क्यापिटल ब्रान्च भन्ने कम्पनीमा रोजगारीको सिलशिलामा आएका थिए ।

तीन महिनासम्म कम्पनीमा लगातार काम गर्दै आउँदा कम्पनीले दिनु पर्ने सेवा सुबिधा र तलब नदिएपछि पीडित राइले खोटाङ सेवा समाज कतारका उपाध्यक्ष रुद्र शर्मा आचार्यमार्फत संस्थालार्इ जानकारी गराउँदै सहयोगको अपील गरेका थिए ।

पीडित रार्इको अपील उपाध्यक्ष्य रुद्र शर्मा आचार्यमार्फत सस्थालाई जानकारी गराइएको थियो । उक्त जानकारी पछि संस्थाका अध्यक्ष तिलाबहादुर खत्रीले तत्कालका लागि आबस्यक सहयोग उपलब्ध गराउन पहल गर्ने र त्यतिन्जेलका लागि संस्थाका तर्फबाट केही नगद कतारी रियल र खाद्यान्न सामाग्री सहयोग गर्ने निर्णय गरेका थिए ।

उपाध्यक्ष रुद्र शर्माको नेतृत्वमा सचिब परशुराम श्रेष्ठ, कोषाध्यक्ष दिल्ली शेर खडका र बरिष्ठ सदस्य बलराम तामाङले पीडितलार्इ प्रत्यक्ष भेटेर राई बस्ने क्याम्पमै पुगेर सहयोग गरिएको थियो ।

कम्पनीले भने जस्तो सेवा सुबिधा र तलब नदिएपछि पीडित रार्इ नेपाल फर्किने अन्तिम तयारीमा छन् ।

नेपाल फिर्ताको लागि परिवारजनमार्फत हवाई टिकट बुकिङ गरी यहि आउँदो जुलाई १९ तारिखमा नेपाल फर्कने राईले बताए ।