काठमाडौं, ३ साउन । अन्तर विद्यालय कोकाकोला कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत वोटलर्स नेपालको कोकाकोलाको प्रायोजनमा आयोजित प्रतियोगिताको उद्घाटन सत्रमा भएको मार्च पासमा प्यारागन बोर्डिङ स्कुल प्रथम भएको छ । त्यसैगरी आर्शिवाद बोर्डिङ स्कुल बालुवाटार दोस्रो भएको छ ।
दुबै स्कुललाई कार्यक्रमको समापनमा पुरस्कृत गरिने एन्फाका कोषाध्यक्ष विराजजंग शाहले जानकारी दिए । १२६ स्कुलको सहभागिता रहेको प्रतियोगिता एन्फा कम्लेक्स सातोबाटोमा सञ्चालन भइरहेको छ ।















प्रतिक्रिया