२१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा, स्वकीय सचिवमा वीरेन्द्र थापा

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त हुनुभएको छ ।

लामो समयदेखि आफ्नो निजी सचिवका रुपमा रहनुभएका भानुलाई आज प्रधानमन्त्री देउवाले प्रमुख स्वकीय सचिवमा नियुक्त गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री देउवाले आजै वीरेन्द्र थापालाई स्वकीय सचिवमा नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले यसअघि परराष्ट्र सल्लाहकारमा डा दिनेश भट्टराई, प्रेस संयोजकमा गोविन्द परियार र स्वकीय सचिवमा केशव जोशीलाई नियुक्त गरिसक्नुभएको छ । रासस