१ कार्तिक २०८३, आइतबार

गुल्मी सेवा समाज कतारको वार्षिक भेलाको मिति सर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कुमार अविरल पन्थी

दोहा । गुल्मी सेवा समाज कतारले आयोजना गरेको वार्षिक भेला कार्यक्रम विशेष कारणबस पूर्वनिर्धारित कार्यक्रममा नहुने भएको छ ।

समाजको छैठौं साधारणसभा भएको एक वर्ष पूरा भएको अवसरमा आगामी ४ अगस्त २०१७ का दिन वार्षिक भेला कार्यक्रमको आयोजना गरेको थियो ।

समाजले १२औँ मासिक बैठक सम्पन्न गर्दै वार्षिक भेला कार्यक्रमको पूर्व घोषित मिति सारिएको जानकारी दिएको छ ।

गत शुक्रबार सम्पन्न बैठकमा संस्थाका अध्यक्ष बुद्ध पाण्डेको अध्यक्षता रहेको थियो । बैठकमा संस्थाका अन्य पदाधिकारीहरु लगायत कतारबासी गुल्मेलीहरुको उपस्थिति रहेको थियो ।

हरेक महिनाको दोश्रो शुक्रबार बस्दै आएको समाजको बैठक यो महिना पनि शुक्रबार सम्पन्न भएको हो ।