२९ आश्विन २०८३, बिहिबार

शरणार्थी संख्या सीमित गर्ने प्रस्ताव मर्केलद्वारा अस्वीकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्लिन (जर्मनी), ३ साउन । जर्मन चान्सलर एङ्गेला मर्केलले शरणार्थीहरुको संख्या सीमित गर्ने क्रिश्चियन सोसियल युनियनको प्रस्तावलाई अस्वीकार गर्नुभएको छ ।

सिडियु पार्टीको भगिनी संगठन क्रिश्चीयन सोसियल युनियन (सिएसयु)ले चान्सलर मर्केलसँग देशमा शरणार्थीहरूको संख्यालाई सीमित गर्न प्रस्ताव गरेको थियो ।

“सकेसम्म यसलाई समिति गर्ने प्रयास त रहन्छ, तर शरणार्थीका लागि सिएयुले तोकेको माथिल्लो सीमा म स्वीकार गर्न सक्दिन,” मर्केलले एक टेलिभिजन च्यानलको विषेश अन्तर्वार्तामा भन्नुभयो ।

सिएसयुले शरणार्थीहरुको संख्या कम गराउने विषयमा कानुन निर्माणका शिलशिलामा पनि दवाब दिइरहेको छ । – सिन्ह्वा