२१ कार्तिक २०८३, शनिबार

बढुवा भएका उपरथीले पाए फूली, प्रधान सेनापतिले लगाइदिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । नेपाली सेनामा बढुवा भएका उपरथीले फूली पाएका छन् ।

मन्त्रिपरिषद्को असार २९ गतेकोे निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती भएका सैनिक इन्टेलिजेन्स महानिर्देशनालयका सहायक रथी कर्मेन्द्र बिक्रम लिम्बुलाई सोमबार जंगी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

लिम्बुसँगै उपरथी दर्जामा पदोनन्ती भएका सहायक रथी शिवराम खरेल बिशेष कारणले उपस्थित नसकेको र सहायक रथी ईश्वर हमाल हाल विदेशमा रहेकाले उनीहरुलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह पछि प्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।