१० मंसिर २०८३, बिहिबार

कमैया मुक्तिको घोषणा मैले होइन गिरिजाबाबुले गर्नु भएको हो : प्रधानमन्त्री

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, २ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू थारुको मुक्ति आन्दोलनमा साथ दिएको बताउँदै कमैया मुक्तिको घोषणा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेको बताउनु भएको छ ।

नेपाल टेलिभिजन र ब्याकवार्ड सोसाइटी एजुकेशन (बेश)द्वारा संयुक्त रुपमा निर्माण गरिएको ‘हामी थारु’ नामक वृत्तचित्रको सोमबार सिंहदरबारमा लोकर्पण गर्दै दउवाले आफू सधै थारुहरूको आन्दोलनमा रहेको बताउनुभयो ।

‘कैमया मुक्तिको आन्दोलनमा मेरो साथ थियो र छ’, उहाँले भन्नुभयो, ‘कमैया मुक्तिको घोषणा मैले होइन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो ।’

मुक्त कमैया घोषणाको आन्दोलनमा भने आफू सधै समर्थनमा रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । देउवाले भन्नुभयो, ‘मुक्त कमैयाका सम्बन्धमा सरकारले के काम गर्न सक्छ गर्नेछ ।’

कमैया मुक्तिको घोषणा भएको १७औँ वर्ष पुगेको अवसरमा ‘हामी थारु’ नामक वृत्तचित्र निर्माण गरिएको हो ।

५० मिनट लामो सो वृत्तचित्रमा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायको संस्कृति, रहनसहन र परम्परालाई समेटिएको कांग्रेसका सांसद डिल्ली चौधरीले जानकारी दिनुभयो ।

वृत्तचित्र सार्वजनिक कार्यक्रममा दाङ क्षेत्र नं. ३ का सांसद राजु खनालसहितको पनि सहभागिता रहेको थियो ।