४ कार्तिक २०८३, बुधबार

बागलुङ नगरको बजेट ६९ करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १ साउन । बागलुङ नगरपालिकाले आर्थिक वर्ष ०७४/७५ का लागि रु ६९ करोड २३ लाख १७ हजारको आय–व्यय विवरण सार्वजनिक गरेको छ ।

शनिबार सम्पन्न पहिलो नगरसभामा नगरपालिकाका उप–प्रमुख सुरेन्द्र खड्काले सो विवरण प्रस्तुत गर्नुभएको हो । सबैभन्दा बढी सडक निर्माणमा रु १५ करोड ८९ लाख विनियोजन गरिएको छ ।

बाडस्तरीय पूर्वाधार योजनामा रु पाँच करोड, खानेपानीमा एक करोड ७५ लाख, सहरी सडक तथा नाली निर्माणमा रु तीन करोड रकम छुट्टाइएको उप–प्रमुख खड्काले जानकारी दिनुभयो । यस्तै, सामाजिक विकासतर्फ रु २० लाख, गरिबसँग बागलुङ नगरपालिकाको कार्यक्रमका लागि रु २५ लाख, गरिबी न्यूनीकरण कोषका लागि रु ४६ लाख र लक्षित वर्गका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

धार्मिक सम्पदा निमार्णमा रु एक करोड, पर्यटन प्रवद्र्धनका लागि रु ५० लाख छुट्टाइएको छ । नगरपालिकाको आम्दानी बढाउन ‘डोजर’ र ‘टिपर’ खरिदका लागि समेत सभाले बजेट विनियोजन गरेको छ । सभाले सामाजिक सुरक्षा भत्तातर्फ रु १० करोड र विषयगत शाखा कार्यक्रम सञ्चालनका लागि रु २४ करोड ८९ लाख छुट्टाएको छ ।

आयतर्फ दस्तुर तथा सेवा शुल्कबाट रु दुई करोड, राजस्व बाँडफाँडबाट रु एक करोड ६५ लाख, केन्द्रिय अनुदान रु २५ करोड २६ लाख, वित्तीय समानीकरणतर्फ रु २४ करोड ८९ लाख, प्रदेश सरकारबाट प्राप्त हुने रु दुई करोड ५६ लाख नगरपालिकालाई प्राप्त हुनेछ ।

यसैगरी, सामाजिक सुरक्षा भत्ताका लागि रु १० करोड र सौर्य बत्ती जडानका लागि रु एक करोड एक प्राप्त हुने बजेटमा उल्लेख छ । रासस