२ कार्तिक २०८३, सोमबार

संसदमा आरजु देउवाको बोली चिप्लिएपछि… (हेर्नुस भाइरल भिडियो)

103.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी काँग्रेस सांसद आरजु राणा देउवा यतिबेला आपतमा परेकी छिन् । उनले संसदमा अन्टसन्ट बोलेपछि त्यो भाषण भाइरल भएको छ ।

संसदमा उनलाई सभामुख ओनसरी घर्तीले बोल्ने समय दिन्छिन् । केही दिन अगाडि दैलेखमा १९ वर्षीय तुलसी शाही ‘छाउपडी गोठ’ मा बसेको बेलामा सर्पले टोकेर मृत्यु भएको विषयलाई लिएर संसदमा उठाउन खोजेकी रहेछिन् । तर उनले यस्तो गम्भीर विषयको पनि प्रष्ट रूपमा आफ्नो कुरा राख्न सकिनन् । सर्पले टोकेर हत्या भयो, हत्यारालाई कडा कारबाही गरिपाउँ भन्दा कता-कता विषयान्तर भएको जस्तो सुनियो ।

त्यतिमात्रै होइन्, उनको यो भाषण सुनेर काँग्रेसका नेता एवं पूर्वमन्त्री डा. प्रकाशरण महत लगायतका अरु नेता पनि पानी पानी भए । उनको लज्जास्पद बोलीले संसदमा हाँसोको फोहोर नै देखियो । हेर्नुस् यो भिडियोः

https://www.facebook.com/HamroDamakOfficial/videos/1482166121821767/