१० मंसिर २०८३, बिहिबार

एघार एआईजीको बढुवा सिफारिस, नवराज सिलवाल छुटे (सूचीसहित)

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ३१ असार । प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

स्रोतका अनुसार डीआईजी नवराज सिलवालको सर्वाेच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले उनलाई प्रहरी प्रधान कार्यालयले बढुवा सूचीमा समावेश गरेको छैन् । सिलवाल आईजीपीका दावेदार हुन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले गरेको सिफारिस सूची अनुसार नम्बर क्रम अनुसार पहिलो नम्बरमा डीआईजी बमबहादुर भण्डारी, दोस्रो जयबहादुर चन्द, तेस्रो देबेन्द्र सुवेदी, चौथो पशुपति उपाध्याय, पाँचौमा केशरीराज घिमिरे, छैठौं माधव जोशी, सातौं विजयलाल कायस्थ, आठौं कमलसिंह बम, नौ नम्बरमा मिङ्मार लामा, १० औँ नम्बरमा रणबहादुर चन्द र ११ औँ नम्बरमा विजयकुमार भट्ट छन् ।