१० मंसिर २०८३, बिहिबार

दाङ आएर महराले भने- प्रदेश नम्बर ५ को अस्थायी मुकाम दाङ तोक्न सरकार सकारात्मक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– निशानदाजु भट्टराई

घोराही, ३१ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पाँच नम्बर प्रदेशको अस्थायी राजधानी दाङमा तोक्न सरकार सकारात्मक भएको बताएका छन् ।

आज विहान प्रेस सेन्टर दाङले घोराहीमा आयोजन गरेको पत्रकार सम्मेलनमा उनले यसको विषयमा सरकारले आधिकारिक निर्णय नगरेकाले थप बोल्न नमिल्ने जानकारी दिए । प्रदेशको राजधानी निर्वाचित प्रदेश सभाले तोक्ने भएपनि त्यस अबधि सम्मका लागि कार्यसञ्चालन गर्न सरकारले अस्थायी राजधानी तोक्नुपर्ने छ । महराले यसअघि देखि नै प्रदेशको राजधानी दाङ हुनुपर्छ भन्ने लविङ गर्दै आएका छन् । संविधान संशोधन पछि मात्र दुई नम्बर प्रदेशको निर्वाचन गर्न सजिलो हुने भएकाले सरकार त्यसमा लागि परेको उनले जानकारी दिए ।

तपाई संघको निर्वाचनमा दाङबाट लड्ने तयारी गर्दै हुनुहन्छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘संघको निर्वाचन घोषणा भइसकेको छैन, यस विषयमा अहिले बोल्न उपयुक्त नहोला ।’ निर्वाचन क्षेत्र २४० वटा बनाउने कांग्रेस माओवादी गठबन्धको सहमति नभएको उनले स्पष्ट पारे । ‘यस विषयमा औपचारिक रुपमा कुनै छलफल भएको छैन, अनौपचारिक रुपमा केही चर्चा चलेको हो,’ महराले भने, ‘म संविधानले तोके अनुसार एक सय ६५ निर्वाचन क्षेत्र हुनुपर्छ भन्ने पक्षमा छु ।’