काठमाडौं, ३१ असार । एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी विवाद नरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, ‘एमालेभित्र कुनै विवाद छैन । सबै नेताहरू एक छन् ।’
एमालेका तीन शीर्ष नेताले तीन वटा गुट चलाएका छन् नि भन्ने प्रश्नको जवाफमा नेता खनालले भने, ‘पार्टीभित्र कुनै गुट छैन । यदि पार्टीभित्र गुट छ भने त्यसलाई अन्त्य गर्नुपर्छ ।’
वरिष्ठ नेता खनालले भने, ‘म मात्रै गुटको विरोध गर्ने व्यक्ति हुँ । तीन वटा गुट छैनन् । गुटको आरोपहरू सबै हल्ला हुन् ।’















प्रतिक्रिया