
भैरहवा, ३० असार । एमालेको रुपन्देही जिल्ला कमिटीले स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेर पार्टीका उम्मेदवार हराउन भूमिका खेल्ने नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ ।
एमाले रुपन्देहीका कार्यवाहक अध्यक्ष पुरुषोत्तम घिमिरे दिएको जानकारी अनुसार एमाले सिद्धार्थनगर कमिटी सदस्य तथा ७ वडा इञ्चार्ज शिव घिमिरे र वडा कमिटी अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीलाई कारबाही गरिएको हो ।
घिमिरेले पार्टीको आधिकारीक उमेदवारलाई हराउन स्वतन्त्रबाट उमेदवारी दिएका थिए ।
एमालेले जिल्ला सचिवालय सदस्य हितराज पन्थीलाई वडा अध्यक्षको उमेदवार बनाएको थियो । पन्थी झिनो मतअन्तरले कांग्रेसका उमेदवारसंग पराजित भएका थिए । स्वतन्त्र उमेदवारी दिएका घिमिरेले जम्मा ९६ मत प्राप्त गरे ।
वडा अध्यक्षका आकांक्षी घिमिरे पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएका हुन् । एमालेले निर्वाचानको बेला पार्टी हितविपरित गतिविधी गर्ने, विपक्षी दलको प्रचार प्रसारमा सहभागी हुनेहरूको जिल्लाभरीबाट अन्तरघातीहरू सूची मागेको छ ।















प्रतिक्रिया