४ कार्तिक २०८३, बुधबार

लमजुङका तीनजनालाई युवा प्रतिभा पुरस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेसीशहर, ३० असार । लमजुङ जिल्लाका तीनजना उद्यमी युवा पुरस्कृत भएका छन् । युवा समिति लमजुङले जिल्लामा रही उद्यम गरेका तीनजनालाई हालै सम्मान गरेको हो ।

व्यवसाय, कृषि र विज्ञान प्रविधि विधामा तीनजनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा जिल्लामै पहिलो पटक रोज नर्सरी सञ्चालन गर्ने हुमा गुरुङ, अल्लो उद्यमी पार्वती गुरुङ र अल्ट्रालाइट बनाउने रदी मियाँलाई सम्मान गरेको हो ।

उहाँहरुलाई एक कार्यक्रमबीच नगद रु सात हजार र सम्मानपत्रद्वारा सम्मानित गरिएको हो । स्वदेशमै रहेर उद्यमशीलतातर्फ लाग्न अझै प्रेरणा मिलोस् भन्दै सम्मान कार्यक्रम राखिएको युवा समितिले लमजुङले जनाएको छ । रासस