४ कार्तिक २०८३, बुधबार

अग्नि ग्रुपद्धारा सशस्त्रलाई ११२८ जर्सी तथा ट्राक प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । अग्नि ग्रुप नेपाल एपीएफ क्लबको फुटबल खेल प्रवद्र्धनको लागि अग्नी इन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा) ले प्रायोजन गर्दै आएको छ । यसै सिलसिलामा आज अग्नि ग्रुपका तर्फबाट अर्जुन शर्माले एपीएफ प्रमुख सिंहबहादुर श्रेष्ठलाई आगामी सिजनको लागि आवश्यक पर्ने जम्मा ११२८ थान जर्सी तथा ट्राक प्रदान गर्नुभएको छ ।

अग्नि ग्रुपले उक्त टिमलाई ५ वर्षको लागि प्रायोजन गरेको छ । यस अवस्थामा अग्निले एपीएफ क्लवलाई वर्षभरि आवश्यक पर्ने खेल सामग्री निरन्तर उपलब्ध गराउँदै आएको छ ।

नेपालमा खेलकुदको विकासमा अग्नि ग्रुपको प्रायोजनसँगै सकारात्मक प्रभाव परेको छ भने यो एपीएफ क्लबले समग्र देशको खेलकुद विकारमा उत्तरदायी एवं जिम्मेवारीपूर्ण भूमिका खेल्दै आएको छ । अग्नि ग्रुपले आफ्नो सामाजिक उत्तरदायी भूमिका अन्तर्गत यसपटक आफूलाई नेपाली खेल जगत्मा केन्द्रित गराएको छ ।

राष्ट्रिय लिगमा मात्र केन्द्रित नभई खेलकुदको जरैदेखि विकास गर्नमा अग्नि केन्द्रित रहेको छ । अग्निको यस कदमले गर्दा नेपाली फुटब तथा फुटबलका फ्यानहरुलाई विशेष फलदायी भएको छ ।