१ कार्तिक २०८३, आइतबार

बालुवाटार बैठकमा राजपाका नेताले भने- यस्तै ताल हो भने प्रदेश २ मा पनि एमाले पहिलो हुन्छ

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । मंगलबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस, माओवादी केन्द्र र राजपाको संयुक्त बैठक बस्यो । बैठकमा एमालेले संविधान संशोधन विधेयकमा सहयोग नगर्ने भनेपछि अब के गर्ने भन्ने विषयमा सल्लाह लिन राजपालाई बोलाइएको थियो ।

तर, बैठकको विषयवस्तु एकाएक मोडियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुरुमै टीकापुरको चुनावी नतिजालाई लिएर असन्तुष्टि जनाए । जहाँ अन्तिममा एमाले विजयी भयो । प्रचण्डले आफूले सरकारमा रहँदा टीकापुर घटनाका पीडितलाई ११ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दिएको र स्वयं चुनावी अभियानमा सहभागी भएपनि एमालेले कसरी चुनाव जित्यो भन्दै असन्तुष्टि पोखेका थिए ।

बैठकमा सहभागी राजपाका एक नेताका अनुसार यस्तो प्रश्नपछि राजपाका शीर्ष नेताले ‘पैसा बाँडेर मात्र चुनाव नजितिने’ भन्दै टीकापुर घटनामा लगाइएका झुठा मुद्दा फिर्ता लिएको भए यस्तो परिणाम आउनेथिएन् भनेका थिए ।

यस्तै ताल हो भने प्रदेश नम्बर दुईमा पनि एमाले आउछ

बैठकमा राजपाका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई यस्तै ताल रहे असोज २ गते प्रदेश नम्बर दुईमा हुने तेस्रो चरणको निर्वाचनमा एमालेले पहिलो पार्टी बन्न सक्नेतर्फ सचेत गराएका थिए । ‘अहिले मधेसका जनता एमालेभन्दा पनि कांग्रेस–माओवादीप्रति बढी आक्रोशित छन् । तपाईहरुले माग पूरा गर्नुको सट्टा हामीलाई झुलाउने काम मात्र गर्नुभयो । यसैको फल हो टिकापुरको नतिजा । अब पनि केही एक्सन लिनुभएन् भने दुई नम्बर प्रदेसमा पनि एमाले नै पहिलो पार्टी हुन्छ’ राजपाका नेताले बैठकमा सचेत गराएका थिए ।