१ कार्तिक २०८३, आइतबार

गगन थापाले भने- चुनावमा कांग्रेस हारको एक एक जवाफ नेतृत्वले दिनुपर्छ

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । नेपाली काँग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगन थापाले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टी हारको एक एक जवाफ नेतृत्वले दिनुपर्ने बताएका छन् ।

विहीबार विहान नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै नेता थापाले चुनावमा पार्टीले अनपेक्षित पराजय भोग्दा पनि पार्टीले समिक्षा नगर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

‘अहिलेको अवस्थामा केन्द्रीय समितिको बैठक बोलाएर चुनावी परिणामको समिक्षा गरेर कमीकमजोरी सुधार्ने अठोट नगर्दा आम कार्यकर्तामा निराशा र अन्यौलता छाएको छ,’ उनले भने– ‘अब यसरी चल्दैन्, कमजोरी र दोषी पहिचान गरी उनीहरुलाई सच्याउदै तेस्रो चरणको निर्वाचनको तयारीमा तत्काल लाग्नुपर्नेमा नेतृत्वको ध्यान केन्द्रीत हुन जरुरी छ ।’

नेता थापाले आफू पार्टीको कार्यकारी जिम्मेबारीमा नरहेकाले आम नेपालीले अपेक्षा गरे अनुसार भुमिका खेल्न नपाएको दुखेसो पोखे । ‘पार्टी भद्रगोल भयो, विग्रियो तिमिहरुले के हेरेर बसेका छौ भन्दै धेरै जनाले चिन्ता व्यक्त गर्नुहुन्छ, तर पार्टीलाई राम्रोसँग चलाउने जिम्मेबारीमा जाने बेलामा भने उहाँहरुले नै बेला भएको छैन भन्नु भयो, अनि मैले के गरु त ?’ नेता थापाले प्रश्न गर्दै भने– ‘पार्टीको महामन्त्रीमा उम्मेदबारी दिदाँ मलाई बेला भएको छैन भन्नेले यस्को जवाफ दिनुपर्छ ।’ यद्यपी उनले मनोनित केन्द्रीय सदस्य र साँसदको रुपमा जे गर्नु पर्छ, त्यो पर्याप्त गरेको स्पष्ट पारे ।

पार्टी सभापति र नेताहरुलाई भेटेर आफूले जाने बुझेका कुरा भनेको र निराश भएका कार्यकर्ताहरुमा आत्मविश्वास, आशा र उर्जा थप्ने गरेको नेता थापाको भनाई छ ।