१ कार्तिक २०८३, आइतबार

एमालेको चुनावी समिक्षाः अन्तर्घातले पराजय, पार्टीका सचिव नै कारवाहीमा परे

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २९ असार । नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्बर १७ को चुनावी समिक्षा कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

वडा नम्बर १७ का उपसंयोजक यमप्रशाद आचार्यको अध्यक्षता एवं एमाले दाङका सल्लाहकार समितिका सभापति दामोदर अधिकारी, घोराही उपमहानगरपालिका इञ्चार्ज विवेक श्रेष्ठ, एमाले नेता नारायण तर्ताल, बुद्धिजिवि संगठनका जिल्ला सचिव केवि चौधरीको उपस्थितीमा भएको चुनावी समिक्षा कार्यक्रममा एमाले नेता, कार्यकर्ताहरुले पार्टीभित्रको अन्तर्घातका कारण वडा नम्बर १७ मा चुनावमा पराजय भोग्नु परेको निष्कर्ष निकालेका छन् । उनीहरुले पार्टीको आधिकारिक उम्मेद्वारलाई हराउन चुनावमा अन्तर्घात गर्नेहरुमाथि पार्टीले कडा कारवाही गर्नसमेत आग्रह गरेका छन् ।

बैठकले चुनावमा अन्तर्घातका गर्नेहरुमाथि छानविन गर्न दामोदर अधिकारीको संयोजकत्वमा देवहरी आचार्य र खलु चौधरी रहेको एक उपसमिति गठन गर्नुका साथै १० दिनभित्र प्रतिवेदन पेश गर्न उपसमितिलाई निर्देशनसमेत दिएको छ ।

बैठकले चुनावमा अन्तर्घात गर्नेहरुमाथि कारवाही गर्न पार्टीलाई सिफारिस गरेको छ । पार्टीका सदस्य सकलरी चौधरी स्थानिय तहको निर्वाचनमा निर्वाचनको मुखैमा नेपाली कांग्रेसमा प्रवेश गर्नुका साथै र पार्टीका सदस्य एवं वडा नम्बर १७ का सचिव दिपक चौधरी मनोनयनको अघिल्लो दिन असार ३ गते विज्ञप्तिमार्फत पार्टी सदस्य छोडेको घोषणा गरेकाले दुवै जनालाई पार्टीबाट कारवाही गर्न बैठकले सिफारिस गरेको छ ।

साथै बैठकले निर्वाचनमा पार्टीलाई मतदान गरी सहयोग पुर्याउनु हुने सबै मतदातालाई धन्यवाद ज्ञापन गरेको छ भने छुट मतदातालाई सक्रियतापुर्वक निर्वाचन आयोगमा लगी नामावलीमा समावेश गर्न लागि पर्ने निर्णय गरेको छ ।