१ कार्तिक २०८३, आइतबार

ओखलढुंगाले जोगाइदियो पूर्वमा कांग्रेसको इज्जत ! एमाले र माओवादी अल्पमतमा

7.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, २९ असार । एक नं. प्रदेश अन्तर्गत ओखलढुंगामा दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भएको छ ।

कडा प्रतिस्पर्धा हुँदा हुँदै पनि नेपाली कांग्रेसले अधिकांश वडाहरू जितेर १ नं. प्रदेशमा आफ्नो उपस्थिति दह्रोसँग जमाएको छ ।

ओखलढुंगा जिल्लामा ८ स्थानीय तह र त्यसका ७५ वटा वडा छन् । तीमध्ये कांग्रेसले चार स्थानीय तहसहित ४१ वडा जितेको छ । एमालेले २४ वडा र माओवादी केन्द्रले १० वडामा जितेका छन् ।

कांग्रेसका उम्मेदवारहरूलाई जिताउन युवा नेता तथा सांसद रामहरि खतिवाडाले ठूलै मिहिनेत गरेको स्थानीय नेता तथा कार्यकर्ता बताउँछन् । स्थानीय तहको निर्वाचनमा एमालेको लहर चलेका बेला ओखलढुंगामा भने कांग्रेसले अधिकांश वडा जितेको हो ।

योसँगै ओलखढुंगामा कांग्रेसले जिल्ला समन्वय समिति (जिसस) एकलौटी रुपमा बनाउने पक्का छ । कांग्रेसका विरुद्ध एमाले र माओवादी केन्द्र मिल्दा पनि जिसस कांग्रेसको पोल्टामा पर्ने पक्का रहेको सांसद खतिवडाले बताए ।

कांग्रेसले मानेभञ्ज्याङ, सुनकोशी र चम्पादेवी र खिजीदेम्वा गाउँपालिका जितेको सांसद खतिवडाले बताए । कांग्रेसले मोलुङ र चिसंखुगढी गाउँपालिकामा उपाध्याक्ष जितेको छ ।

मोलुङ गाउँपालिका एमालेका सांसद यज्ञ सुनुवारको घर रहेको गाउँपालिका पर्छ । सांसद सुनुवारको घर रहेको वडा नं. ५ मा भने नेपाली कांग्रेसले जितेको छ । सो वडामा कांग्रेसका टंक दाहालले जितेका छन् ।

माओवादी केन्द्रका चर्चित नेता तथा सर्वोच्च अदालतबाट सर्वस्वसहित आजीवन काराबास पाएर भाग्दै हिँडेका बालकृष्ण ढुंगेलको लिखु गाउँपालिकामा वडा नं. ९ मा एमालेले जितेको छ ।

एमालेका नेता नेत्र भट्टराईको वडामा पनि माओवादी केन्द्रले जितेको छ । भट्टराईको वडा नं. ७ मा घर पर्छ । एमालेका नेता नानीबाबु बुढाथोकीको लिख– १ मा कुमार सुवेदीले वडाध्यक्षमा जितेका छन् ।

एमालेका केन्द्रीय सदस्य किशोर अधिकारीको वडामा पनि एमाले पराजित भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ९ मा नवीनबाबु मगरले जितेका छन् ।