
डोल्पा, २९ असार । वर्षायाम शुरु भएसँगै बाढीले डोल्पा जिल्लमा लाखौँ रुपैयाँको क्षति पुगेको छ ।
त्रिपुरासुन्दरी नगरपालिका– ३ सुनपानीका किसानको खेतबारीमा लगाइएको तरकारी, फलफूलका बोटसहित पाँच रोपनी जग्गा बगाएपछि लाखौँ रुपैयाँको क्षति भएको स्थानीयवासीले बताएका छन् ।
बाढीले लटरम्म फलेका कागती, भोगटे, अनार तथा तरकारी बगाएपछि बस्तीका १३ घरपरिवारको रु सात लाखभन्दा बढी क्षति भएको स्थानीयवासी तुलबहादुर धरलाले बताउनुभयो ।
“बर्सेनि तरकारी र फलफूल बेचेर रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी हुन्थ्यो, अहिले जग्गानै बाढीले बगायो,” उहाँले भन्नुभयो । बाढीले स्थानीयवासीको घरमा समेत क्षति पु-याएको छ । रासस















प्रतिक्रिया