
काठमाडौं, २९ असार । टाइम्स इन्टरनेसनल कलेज प्रथम यु–१८ एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
एन्जल्स हर्ट मावि र एन्जल्स हर्ट इन्टरनेसनल कलेजद्वारा संयुक्त आयोजित प्रतियोगितामा टाइम्सले आयोजक एन्जल्स हर्टलाई ५६–३३ ले पराजित गर्दै क्वाटरफाइनल पुग्ने पहिलो टोली बन्यो । टाइम्सका आकाश मगरले १८ अंक जोडे ।
ब्वाइजको अन्य लिग खेलमा जुविलियन्ट, सीसीआरसी र जेभियर इन्टरनेसनल कलेजले जित हात पारे । जुविलियन्टले ज्ञान निकेतनलाई ६७–४८ ले हरायो । विजेताका प्रवीण राईले २५ अंक जोडे भने ज्ञान निकेतनका संकट भूमिले २६ स्कोर गरे ।
त्यस्तै सीसीआरसीले ह्वाइटहाउसलाई ६३–४४ ले पाखा लगायो । सीसीआरसीको जितमा आशिष बस्नेतले १७ अंक योगदान गरे । मोर्गन विरुद्धको खेलमा जेभियर इन्टरनेसनल ५१–४२ ले विजयी भयो । जेभियरका अमृत कोइरालाले १७ स्कोर गरे ।
गर्ल्सको राउन्ड रोविन लिगमा नासाले जेभियरमाथि २४–१५ को जित निकाल्यो । नासाकी साधना घिसिङले १९ अंक जोडिन् ।















प्रतिक्रिया