१ कार्तिक २०८३, आइतबार

चुनाव हारेपछि अन्ततः एमालेसँग मिले माओवादीसहित साना दल, कांग्रेस एक्लियो

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । मोरङमा नेकपा माओवादी केन्द्रसहित अन्य साना दलले प्रतिपक्षी एमालेसँग हात मिलाएका छन् । यहाँको एक मात्र महानगरपालिका बिराटनगरमा जित हात पारेको काँग्रेस भने एक्लिएको छ ।

जिल्ला समन्वय समिति गठन गर्नका लागि कुनै पनि दलको स्पष्ट बहुमत नपुगेको र गठबन्धन निर्माण गर्नुपर्दा काँग्रेस एक्लिएको हो ।

एमालेको नेतृत्वमा साना ४ दल मिलेर जिल्ला समन्वयसमिति गठन गर्ने सहमति गरेका छन् । एमालेले माओवादी केन्द्र, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकसँग सहमति गरेको हो ।

गठबन्धनका तर्फबाट एमाले नेता नरेश पोखरेल समन्वय समितिको प्रमुखको उमेद्बार बन्ने भएका छन् । सहमति अनुसार उपप्रमुख माओवादीले पाउने भएको छ भने फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले ३ ३ सदस्य पाउने भएका छन् ।