१ कार्तिक २०८३, आइतबार

एमालेको असहयोगपछि राजपा नेपालले अब के गर्ला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संविधान संशोधन प्रस्ताव बिफल बनाइ दिने चेतावनी दिएपछि आत्तिएका कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालले नयाँ रणनीति बनाउने तयारीमा लागेका छन् ।

उनीहरूले विधेयकलाई तत्काल नबढाउने बरु बाँकी रहेका मागहरूलाई पूरा गर्नेतिर लाग्ने तयारी गरेका हुन् ।

स्थानीय तहको संख्या थप गर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउनेलगायतका माग पूरा गर्नेतिर कांग्रेस, माओवादी केन्द्र र राजपा नेपाल जाने तयारी गरेको स्रोतको भनाइ छ ।

उता, मंगलबार साँझ कांग्रेस र माओवादी केन्द्रसँगको वार्तापछि निराश भएर बालुवाटारबाट बाहिरिएका राजपा नेपालका नेताहरूले कसरी अगाडि बढ्ने भनेर आन्तरिक तयारी थालेका छन् । उनीहरूले अब के गर्ने भनेर रणनीति बनाउने स्रोतको भनाइ छ ।

एमालेका नेताहरूसँग सम्बन्ध सुधारको प्रयास गरिरहेका राजपा नेपालका दोस्रो तहका नेताहरूले आवश्यक परे एमालेसँग राजपाका शीर्ष नेताहरूको छलफल गराउने तयारीमा लागेको स्रोतको भनाइ छ ।

सकेसम्म एमालेलाई तत्काल मनाएर संविधान संशोधन गरी २ नं. प्रदेशको स्थानीय तहको निर्वाचनमा सहभागी हुने राजपा नेपालको योजना छ ।

एमालेले स्थानीय तहको निर्वाचन अगाडि संविधान संशोधन गर्न नसकिने जनाएपछि संशोधन विधेयक फेरि अलपत्र पर्ने पक्का भएको छ ।

एमालेका कारण कांग्रेसका नेताहरू पनि पछिल्लो समय निरास बनेको स्रोतको भनाइ छ ।