३ कार्तिक २०८३, मंगलबार

‘मेरी आमा रुँदी हुन्…’का गायक बिरामी, कोमल ओलीद्वारा सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वरिष्ठ गायक बृद्धिकृष्ण लामिछानेलाई गायिका कोमल ओलीले आर्थिक सहयोग गरेकी छिन् ।

लामो समयदेखि बिरामी परेर उपचार गराउँदै आएका गायक लामिछानेलाई गायिका ओलीले मंगलबार सहयोग गरेकी हुन् ।

गायिका ओलीले भनिन्, ‘वरिष्ठ गायक बुद्धिकृष्ण लामिछाने दाई लामो समयदेखि बिरामी हुनु हुँदो रहेछ । उहाँले घरमा बसेर उपचार गराउँदै आउनु भएको छ । धेरै सहयोग त गर्न सकिन मेरो गच्छेअनुसार सानो आर्थिक सहयोग गरेँ ।’

वरिष्ठ गायक लामिछाने भक्तपुर जिल्लाको बागेश्वरीस्थित आफ्नै निवासमा उपचार गराउँदै आएका छन् ।

वरिष्ठ गायक बुद्धिकृष्ण लामिछाको ‘घाँस काट्ने खुर्केर, आयो जोबन हुर्केर…’, ‘गाई त बाध्ने पाटको दाम्लो…’, ‘बाखरी बाँध्ने डोरीले, मैले के गर्नु…’, ‘पिँडिमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदी हुन् मलाई सम्झेर…’ जस्ता चर्चित गीतका गायक तथा संकलक बुद्धिकृष्ण लामिछाने उच्च रक्तचाप र मधुमेहबाट पीडित छन् ।

सोही कारण गायक लामिछानेको दाहिने भागमा प्यारालाइसिस भएको आफन्तले जनाएका छन् । गायक लामिछाने बिगत दश वर्षदेखि बिरामी परेका हुन् ।

बिक्रम संवत २०१५ साउन १ गते भक्तपुर जिल्लाको बागेश्वरीमा सामान्य किसान परिवारमा जन्मेका लामिछानेले लोक गायकको रुपमा लामो समयसम्म रेडियो नेपालमा योगदान दिनु दिएका थिए ।