– विजय थापा
अमेरिका । अमेरिकाको बोस्टनमा सप्ताहब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब हुने भएको छ ।
बोस्टन सप्ताह २०१७ को लागि आयोजक भब्य तयारीमा जुटेका छन् । आयोजकले तयारीमा कुनै कसर नछोड्न जनाएका छन् ।
बृहत आध्यात्मिक महोत्सबमा कलश यात्रा बोस्टन सप्ताहको बिशेष कार्यक्रम रहेकोले १००८ महिलाहरूले आफ्नो सांस्कृतिक भेष भुषा सहित कलश लिएर नगर परिक्रिमा गर्ने छन् ।
परिक्रमापछि सप्ताहका प्रमुख बाचकलाई आशन ग्रहण गराउने तयारी छ ।
लोकप्रीय युवा पण्डित, वाचनप्रवीण श्री दीनबन्धु पोख्रेलद्वारा जनसाधरणले बुझ्ने शैलीमा श्रीमद्भागवत कथा वाचन गर्ने छन् ।
बोस्टनस्थित श्री पशुतिपतिनाथको मन्दिर र भगवान बुद्धको स्तुप सहितको सामुदायिक भवन स्थापना गर्ने उद्देश्य सहित सन् २०१२ मा स्थापित पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्युइंगल्यान्डको सहयोगार्थ साता ब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सबको आयोजना गरिएको हो ।
















प्रतिक्रिया