काठमाडौं, २७ असार । हुँदै नभएको १६ करोडको गाडी प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई तथानाम गाली बेइज्जती गर्नेलाई युवा संघले कारवाही गर्ने चेतावनी दिएको छ ।
हाल बाढी पीडितलाई सप्तरीमा राहत वितरण गरिरहेका संघका अध्यक्ष राजीव पहारीले सप्तरीबाटै यस्तो चेतावनी दिएका हुन् ।
उनले भनेका छन्– ‘आज राष्ट्रपति जस्तो गरिमामय पदमाथि जुन अपराधिक र बिक्षिप्त मानसिकताका साथ सामाजिक सञ्जालमा मनपरि लेखिएको छ । यो सिंगो नेपाल र नेपाली जनता माथिको ठाडो प्रहार हो । यस्तो हुँदा पनि सरकार र प्रहरी प्रशासन मुक दर्शक भएर बस्छ, भने तिनलाई कानुन को कठघरामा ऊभ्यायर कडा भन्दा कडा कारवाही गर्न नेपाली युवाहरु पछि पर्ने छैनन् ।’
राष्ट्रपतिविरुद्ध बोल्नेलाई चुप लाग्न नविनाको चेतावनी
यसैबीच एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाले पनि देशको सबैभन्दा मार्यादित र उच्च पदमा आसिन व्यक्तिका विषयमा वास्तविकता बुझेर मात्र बोल्न सचेत गराएकी छन् । ‘आमा, राष्ट्र र राष्ट्रप्रमुख एउटै हुन्, जसले आमालाई माया गर्दैन् उसले राष्ट्र र राष्ट्रप्रमुखलाई माया गर्न सक्दैन्,’ उनले भनेकी छन्– ‘कमसेकम आमा र मातृभुमिलाई सम्झेर भएपछि संवेदनशीलता नभुलौं ।’















प्रतिक्रिया