१ कार्तिक २०८३, आइतबार

यसरी पक्राउ परिन व्यापारीलाई मायाजालमा पारेर हत्या गर्ने पूजा

45.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २७ असार । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण तथा हत्यामा संलग्न युवती पुजा घर्तीलाई प्रहरीले एक महिनापछि पक्राउ गरेको छ ।

पुजालाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले भारतको हिमाञ्चल प्रदेशबाट पक्राउ गरेको राप्ती प्रहरी प्रमुख एसएसपी ज्ञानविक्रम शाहले जानकारी दिए ।

तुलसीपुरका प्रतिष्ठित व्यापारी श्रेष्ठलाई फोन गरेर सल्यान घुम्न लगेर पुजाले अपहरण गरेकी थिइन् । अपहरणपछि श्रेष्ठको हत्या गरिएको थियो । घटनालगत्तै पुजा आफ्ना बुवासँग भागेर हिमाञ्चल पुगेकी थिइन् । लामो अनुसन्धानपछि पुजा हिमाञ्चलमा रहेको पत्ता लागेको र भारतीय प्रहरीको सहयोगमा अभियुक्त पक्राउ गरिएको एसएसपी शाहले बताए ।

पुजासहित प्रमुख अभियुक्तलाई आज साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।