काठमाडौं, २७ असार । डडेल्धुरा पर्शुराम नगरपालिका–१ बस्ने २८ वर्षीय सुरेश भण्डारीलाई प्रहरीले १ थान कटुवा पेस्तोल र सोको ३ राउण्ड गोली सहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग गंगबुबाट खटिएको टोलीले सोमबार भण्डारीलाई बसुन्धारा स्थित चिया पसलमा शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया