१ कार्तिक २०८३, आइतबार

गृहमन्त्रीले १५ सय दिएर अपमान गरेको भन्दै घिमिरेले दिए १५ हजार

147.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको स्थानीय चुनावमा बम टिपेर फाल्ने हवल्दार दुर्गावहादुर रानालाई १५ सय दिएर पुरस्कृत गरेको भन्दै उनको आलोचना भइरहेको छ ।

खासगरी टिकापुर घटनालाई जोडेर प्रहरी मार्नेलाई दुई करोड, जनताको सुरक्षा ज्यान जोखिममा पारेर गर्ने प्रहरीलाई १५ सय भन्दै गृहमन्त्री र सरकारकै आलोचना भइरहेको छ । यद्यपी मन्त्री शर्माले उक्त रकम भेटन जाँदा मन्त्रालयको पुरस्कार मात्र नभएर धन्यबाद मात्र भएको बताएका छन् । मन्त्रीले यसो भनेपछि सामाजिक सञ्जाल प्रयोकर्ताले हवल्दारलाई असईमा बढुवा गरेर पुरस्कृत गर्नुपर्ने माग राखेका छन् ।

यसरी १५ सयको पुरस्कार काण्डले गृहमन्त्री र सरकारनै विवादमा परिरहेका बेला न्यूजिल्याण्डका एक नेपालीले बम टिपेर फाल्ने हवल्दारलाई १५ हजार रुपैयाँ पुरस्कार स्वरुप दिने घोषणा गरेका छन् ।

नेपाली जनसम्पर्क समितिका सभापति, मानार्थ पर्यटन दूत, साहित्यकार एबं संचारकर्मी बुद्धि सागर घिमिरेले प्रोत्साहन स्वरूप १५ हजार रुपैयां दिने घोषणा गरेको पत्रकार केदार चापागाईले दैनिक नेपाललाई बताए ।

हवल्दार रानाले दाङको छाँगामुनीको मतदान केन्द्रमा छाँगामाथिबाट खसेको बमलाई हातमा क्याच गरेर मतदाताहरुलाई बचाएका थिए । उनले पुत्ताउँदै खसेको बमलाई हातले टप्प टिपेर फालेका थिए ।