बाँके, २७ असार । बाँकेको कोहलपुरमा एक व्यक्तिले श्रीमतीको घाँटी रेटेर हत्या गरी टाउकोसहित प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
कोहलपुर–४ बेलनपुरका २९ वर्षीय अहमद अफताब बेडुवाले २५ वर्षीया श्रीमती फलसुन देवी बेडुवाको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन । राति साढे १० बजेतिर अफताव श्रीमतीको टाउको साइकलमा राखेर इलाका प्रहरी कार्यालय पुगेका थिए । श्रीमती टाउको लिएर ईलाका प्रहरी कार्यालय कोहलपुरको जनाएको छ ।
अफतावले राति साढे १० बजेतिर घरभन्दा केहि परलगेर बाटोमा लागेर श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए । घरबाट तीन किलोमिटर टाढा बाटोमा लागेर हत्या गरेको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा घरायसी झगडाका कारण श्रीमतीको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्दा फलसुनको लास भएको स्थानमा उनकी ६ महिनाकी छोरी छटपटाइरहेको पाइएको प्रहरी प्रहरीले जनाएको छ । प्रहरीलाई अभियुक्त अहमदले दिएको बयान अनुसार उनका दुई जना श्रीमती थिए । फुलटन उनकी जेठी श्रीमती हुन् । धेरै कचकच गरेकाले झारफुक गर्न जाउँ, भनेर जेठी श्रीमतीको हत्या गरेका हुन् ।
अहमद अफताब र उनकी कान्छी श्रीमतीलाई नियन्त्रणमा लिई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।













प्रतिक्रिया