काठमाडौं, २७ असार । प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठक विनानिष्कर्ष टुंगिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन पारित हुन नदिने अडान दोहोर्याएपछि कुनै सहमति हुन सकेन् ।
स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनमा सघाउन एमालेलाई आग्रह गरेका थिए । देउवाले राजपालाई चुनावमा ल्याउन र संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन अनिवार्य भएकाले देशको निकासका लागि यो मुद्दामा एमालेले सहयोग गर्नुपर्ने धारणा राखे । र, संसदमा विचाराधीन संशोधन विधेयक पास गर्न एमालेले भुमिका खेल्नुपर्ने समेत आग्रह गरे । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवाको प्रस्ताव ठाडै अस्वीकार गरे । उनले तेस्रो चरणको स्थानी, प्रदेश र केन्द्रको चुनाव नभएसम्म संशोधनलाई स्थगित गर्नुपर्ने र त्यसपछि खुला छलफल गर्न सकिने आफ्नो पार्टीका धारणा सुनाए ।
एमाले आफ्नो अडानमा कायम रहेपछि बैठकमा कुनै सहमति हुन सकेन् । र, राजपासँग सल्लाह गरेर तीन दलको अर्काे बैठक बोलाउने समझदारीमा भयो । आजको बैठकमा प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत शीर्ष नेताहरुको सहभागिता थियो ।
















प्रतिक्रिया