१ कार्तिक २०८३, आइतबार

पाँचथरमा राप्रपाका वडाध्यक्षसहित पुरै कमिटी नै एमालेमा प्रवेश

25.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, २६ असार । फिदिम नगरपालिकामा एमालेको पहिरो गएलगतै राप्रपा पार्टीबाट ८३ जना प्रत्यासी वडा का सबै वडा अध्यक्ष लगायत समिती सदस्यहरु एमालेमा प्रवेश गरेका छन् ।

सोमबार भएको नगरपालिका ३ स्थित सूम्निमा चोकमा वडा संगठन कमिटीले पार्टी प्रवेशको आयोजना गरेको थियो ।

राप्रपाप्रति विमति राख्दै स्थानिय निर्वाचनका प्रत्यासि वडा अध्यक्ष सुरेन्द्र राई, वडा समिति सदस्य लगायत प्रवेश गरेका छन् ।

त्यस्तै, सूनूवार सेवा समाजका जिल्ला अध्यक्ष शन्त राई लगायत ८३ जना प्रवेश गरेको प्रचार विभाग सदस्य श्याम तूम्रोकले जनाएका छन् ।

नव प्रवेशीहरुलाई पूर्व सामान्य राज्य मन्त्री तथा एमाले केन्द्रिय सदस्य डम्बर सिंह संबाहाम्फेले खादाले स्वागत गरेका थिए । कार्यक्रममा एमाले जिल्लाका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रवेश सभामा प्रवेसिहरुलाइ पाटी सदस्यता दिलाइएको थियो । प्रवेशीहरुले राप्रपामा सैद्धान्तिक विमति जनाउदै एमालेको निती तथा कार्यक्रमप्रति आकर्षित भएर आफूहरु एमालेमा प्रवेश गरेको सुरेन्द्र राईले बिचार ब्यक्त गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्य डम्बर सिंह सम्बाहाम्फेको उपस्थितिमा सामाजिक अगुवा सन्त बहादुर मुखिया, राप्रपाबाट युवा नेता सुरेन्द्र राई लगायत करिब ८० जनाले एमालेमा प्रवेश गर्नु भएको छ ।