२१ कार्तिक २०८३, शनिबार

पहिरोले सडक र विद्युत अबरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रामचन्द्र घर्ती

जाजरकोट, २६ असार । लगातारको बर्षाले जाजरकोटका बिभिन्न ठाँउमा पहिरो जाँदा छिन्चु जाजरकोट सडक खंण्ड हिजो देखी अवरुद्ध भएको छ । सडक खण्ड अन्तरर्गत बिभिन्न ठाँउमा पहिरो जाँदा यातायातका साधन पनि चलेका छैनन् । बर्षा पछी बसपार्क नजिकैको खहरे खोलामा पहीरो गई सडक भत्किएपछी यातायातका साधन चल्न नसकेका हुन । वर्षाका कारण अरु दर्जनौ ठाउँमा पहिरोले सडक अबरुद्ध बनाएको छ । पहिरोले सडक बगाउँदा खलङ्गा–रिम्ना सडकखण्ड हिजो बिहानैदेखि अवरुद्ध भएको छ ।

त्यस्तै खलंगा पाँचकाटिया सडकखण्डको बिभिन्न ठाउँमा पहिरो जाँदा यात्रुहरुलाई निकै सास्ति भएको छ । हिजो बिहानै देखी सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछी जिल्ला सदरमुकाम खलंगाबाट आज कुनै पनी यातायातका साधन चल्न सकेनन् । यातायातका साधन चल्न नसकेपछी यात्रुहरुलाई निकै सास्ति भएको छ ।

बाँकेको नेपालगञ्ज, सुर्खेत, काठमाण्डौ लागायतका ठाउँबाट जिल्ला भित्रने गाडीहरु पनी सदरमुकाम पुग्न सकेका छैनन् । त्यस्तै खलंगा–रिम्ना सडकखण्ड अन्तर्गत सडक भत्किएपछि स्यालामा किसानले लगाएको मकैबाली नष्ट भएको छ भने घरसमेत जोखिममा परेको प्रहरी प्रमुख भावेस रिमालले जानकारी दिनुभयो । सदरमुकाम खलंगाभित्र पनि ६ ठाउँमा सडक भत्किएका छन । निरन्तर पानी परिरहेकाले मर्मत हुन सकेको छैन ।

पहिरोले नहरको कुलो भत्काएपछी सदरमुकाम खलंगामा हीजो देखी बिद्युत सेवा समेत अवरुद्ध भएको छ । पहिरोले जिल्ला सदरमुकाम खलंगामा बिद्युत सेवा प्रवाह गर्दै आईरहेको स्थानिय साङ्टा रिसांङ लघु जलविद्युुत आयोजनाको नहरको कुलो भत्काएको छ । टेलीफोन तथा इन्टरनेट सेवामा पनि समस्या देखिएको छ ।