२१ कार्तिक २०८३, शनिबार

राहत सामग्री लिएर सप्तरी पुग्यो युवा संघको केन्द्रीय टोली

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । सप्तरीका बाढी पीडितलाई राहत वितरण गर्न युवा संघ नेपालको केन्द्रीय टोली सोमबार सप्तरी पुगेको छ ।

केन्द्रिय अध्यक्ष राजीव पहारीको नेतृत्वमा सप्तरीको राजविराज पुगेको युवा टिमले भोलिदेखि प्रभावित क्षेत्रमा राहत सामाग्री वितरण सुरु गर्ने सचिवालय सदस्य सञ्जीव रोकाहाले जानकारी दिए ।

उनका अनुसार बाढी आएपछि निरन्तर उद्दारमा खटिएको युवा संघले सप्तरीका बाढीपीडितका लागि भोलिपल्टैबाट राहतका सामाग्रीहरु संकलन सुरु गरेको थियो । संकलित राहत सामाग्रीसहित सप्तरी पुगेको अध्यक्षसहितको केन्द्रिय टोली करिब ५ दिन प्रभावित क्षेत्रमा रहने कार्यक्रम छ ।

यसअघि सप्तरीमा बाढी आउनासाथ युवा संघको केन्द्रीय कमिटीले सबै मातहतका कमिटीलाई उद्दार एबम् राहतमा खटाएको थियो । हाल सप्तरीमा उद्दार एबम् राहतमा उक्त टोली काम गरिराखेको छ ।