४ कार्तिक २०८३, बुधबार

ग्लोबल आइएमई र रिलायवल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार सञ्चालन गरेको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त कारोबारको उद्घाटन गगरेका हुन् । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकले ग्रामीणस्तरसम्म १७ वटा शाखा मार्फत बैंकिङ्ग कारोबार गर्दै आएको छ । उक्त बैंकको रु.८ अर्व निक्षेप, रु.७ अर्व कर्जा तथा रु.१ अर्व १ करोड चुक्ता पुँजी रहेको थियो ।

ग्लोवल आई एम ई बैंक लि सरकार एवं नेपाल राष्ट्र बैंकको मर्जर र प्राप्ति नीतिलाई अंगिकार गर्दै हालसम्म १० वटा बैंक तथा वित्तीय संस्थाहरुलाई सपmलतापूर्वक मर्जर र प्राप्ती गर्ने एक अग्रणी स्थानको वाणिज्य बैक रहेको छ ।

यस प्राप्ति पश्चात् ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड पुगेको छ । कुल निक्षेप ९७.७० अर्व, कर्जा लगानी रु. ८२ अर्व, शाखा संख्या ११२, भारत तथा अस्ट्रेलियामा प्रतिनिधि कार्यालय, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाखभन्दा बढी पुगेको छ ।