१ कार्तिक २०८३, आइतबार

पुष्पलाल स्मृति ब्याडमिन्टनमा जुनियर खेलाडीको दवदवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ असार । योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा जुनियर खेलाडीहरुको दवदवा कायमै रहेको छ ।

प्रतियोगिताको दोश्रो दिन पनि विना वरियताका जुनियर खेलाडी प्रफुल महर्जनले सातौ वरियताका संजीव खड्कालाई पराजित गर्दै आफ्नो खेल कौशलता प्रदर्शन गरेका छन् ।

यसै जुलाई महिनामा ईन्डोनेसियामा हुने एशियन जुनियर च्याम्पियनसिपको तयारीमा रहेका नेपाली सेनाका खेलाडी महर्जनले पुरुष एकलको प्रतिस्पर्धामा कैलालीका खड्कालाई २१/१५ र २१/१७ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

प्रतियोगिताको पहिलो दिन पनि विना वरियताका सेनाका पविन लिन्थेपले छैटौं वरियताका पुलिसका खेलाडी दीपक वोहरालाई स्तब्ध पारेका थिए ।

सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा भएको प्रतियोगितमा महर्जनले ब्वाईज १७ तर्फको खेलमा पनि जित हात पारे । उनले जेष्ट ब्याडमिन्टनका बरुण क्षेत्रीलाई २१/९, २१/८ ले पराजित गर्दै क्वाटरमा स्थान बनाए ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलको अन्य खेलमा पूर्व विजेता नेपाली सेनाका रत्नजित तामाङ्गले अविजित यात्रालाई कायमै राखेका छन् ।

उनले दोश्रो दिनको खेलमा नेपालगंज ब्याडमिन्टन क्लबका सरोज अन्सारीलाई २१/१०, २१/७ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरे । यस्तै अन्तिम आठमा स्थान बनाउन सफल अर्का खेलाडीमा परफेक्ट फिटनेशका जिवन आचार्य रहेका छन् ।

आचार्यले सेनाका पविन लिनथेपलाई १६/२१, २१/१२ र २१/११ ले पराजित गरे । यस्तै पुलिसका बिष्णु कटुवालले सेनाका रुकेश महर्जनलाई २१/१४, १६/२१, २१/१३, एपिएफका सुदीप सेंढाईले एपिएफकै विजित थापा मगरलाई २१/१६, २१/१९, सेनाका नविन श्रेष्ठले नेपालगंजका ईरफान अन्सारीलाई २१/९, २१/१४, एपिएफका साजन कृष्ण ताम्राकारले परफेक्टका निर विक्रम देवकोटालाई २१/१९, १८/२१, २१/१३ र पुलिसका दीपेश धामीले सेनाका दिलेन्द्र पुनलाई २१/६, २१/१० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरे ।

महिला एकलतर्फ बाँकेकी संझना शर्मा र सेनाकी रसिला महर्जन अन्तिम आठमा प्रवेश गरेका छन् । संझनाले जेष्ट ब्याडमिन्टनकी सिता राईलाई २१/१५, २३/२५, २१/१७ र रसिलाले जेष्टकै जेशिका गुरुङ्गलाई २१/१५, २१/१९ ले पराजित गरे ।

पुरुष जोडी तर्फको खेलमा सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी, एपिएफका सुदीप सेंढाई र नेपालगंजका ईरफान अन्सारीको जोडी, एपिएफका सुमन लिम्बु र विजित थापा मगर तथा विमल श्रेष्ठ र बिशाल प्रधानको जोडी, पुलिसका बिष्णु कटुवाल र दिपेश धामी तथा दीपक बोहरा र गौतम कठायतको जोडी, पर्फेक्टका जीवन आचार्य र निर विक्रम देवकोटा तथा ललितपुरका ससिन डङ्गोल र दिपेश शाक्यको जोडी पनि अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन् ।

ब्वाईज यु–१७ एकल तर्फको खेलमा जेष्टका चिरन बिष्ट, कैलालीका देवराज राना, सेनाका पविन लिनथेप, रिजन महर्जन र रुकेश महर्जन, नेपालगंजका शिव थापा तथा ईटहरीका विकास खड्का पनि आ–आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरे ।

यस्तै गल्र्स १५ एकलमा विराट ब्याडमिन्टन क्लबकी निता लम्साल, सुर्खेतकी सामना भट्टराई र अग्रीमा भण्डारी पनि अन्तिम आठ प्रवेश गरे ।