१ कार्तिक २०८३, आइतबार

लमजुङ-अमेरिका समाजबाट मिर्गौला पीडितलाई आर्थिक सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाल्टिमोर (अमेरिका) । लमजुङ-अमेरिका सेवा समाजले मिर्गौला फेल भई उपचार रहेका जिल्लाबासीलाई सहयोग गरेको छ ।

लमजुङ जिल्लाको दोर्दी गाउँपालिका, भारते गाउँ निवासी सुरेन्द्र गुरुङलाई दुई लाख उनान्साठी हजार दुई सय सतसट्ठी रुपैँया आर्थिक सहयोग गरेको लमजुङ अमेरिका सेवा समाजका संयोजक सशी थापाले दैनिक नेपाललाई जानकारी दिए ।

दुवै मृगौला फेल भर्इ उपचार गरिरहेका गुरुङको सहयोगार्थ बाल्टिमोर, मेरिल्याण्ड एबम् अमेरिकाको बिभिन्न स्थानमा बसोबास गर्दै आएका नेपाली दाजुभाइ दिदीबहिनीहरुबाट सहयोग संकलन गरिएको उनले जानकारी दिए ।

संकलित रकम मिर्गौला रोग पीडित सुरेन्द्र र उनका पिता हितबहादुर गुरुङलाई हस्तान्तरण गरिएको छ । लमजुङ अमेरिका सेवा समाज केही दिन अघिमात्रै गठन भएको हो । सानो स्वरुपमा गठित समाजलाई छिट्टै बृहत रुपमा विस्तार गरिने योजना रहेको नबगठित समाजका अध्यक्ष थापाले बतााए ।