कम्पाला, युगान्डा । गैर आवासीय नेपाली संघ युगान्डा (एनआरएनए युगान्डा)को तेस्रो महाधिवेशन युगान्डाको कम्पालामा एक भब्य कार्यक्रमबीच सम्पन्न भएको छ । अधिवेशनबाट आगामी कार्यकाल सन २०१७– २०१९ का लागि अध्यक्षमा राजमणि भण्डारीको साथ सम्पूर्ण समूह निर्विरोध चयन भएको छ ।
एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनील कार्कीबाट प्रमुख अतिथिको रुपमा पानसमा बत्ति बालि अधिबेशनको उद्घाटन भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुनील कार्की,अन्तर्राष्ट्रिय कार्य समितिका सदस्य जीवनाथ पगेनी, अध्यक्ष रमेश कंडेल लगायतबाट बाट शुभकामना मन्तब्य ब्यक्त भएको थियो ।
त्यसपछि आयोजित बन्द सत्रमा संघका कोषाध्यक्ष मंजुल पाठकले आर्थिक प्रतिवेदन पेश गर्नुका साथै अध्यक्ष रमेश कंडेलले आफ्नो कार्यकालको प्रतिबेदन पेश गर्नु भएको थियो । लगत्तै तीन सदस्यीय निर्वाचन समितिको तर्फ बाट निर्वाचन समितिका संयोजक हेम श्रेष्ठबाट बिपक्षी उम्मेदवार कोहि नहुँदा उम्मेदवार सम्पुर्णलाइ निर्विरोध चयन भएको घोषणा गर्नु भएको थियो ।
नव निर्वाचित समितिमा अध्यक्षमा राजमणि भण्डारी, उपाध्यक्षहरुमा बिनोद थापा तथा अर्जुन न्यौपाने निर्वाचित भएका छन् । यसै गरि महासचिवमा रमेश शर्मा, सचिवमा गंगालाल खरेल तथा कोषाध्यक्षमा मन्जुल पाठक निर्वाचित भएका छन् ।
समितिमा युवा संयोजकमा तेजेन्द्र ‘बिबश’, महिला संयोजकमा तारा गिरि, प्रवक्तामा कमल भट्ट तथा कार्यकारी सदस्यहरुमा आशिष खड्का, रुद्र केसी, प्रेम बहादुर श्रेष्ठ तथा गणेश कार्की निर्वाचित भएका छन् ।
कार्यक्रममा सम्पूर्ण साधारण सदस्यलाई परिचय पत्र (कार्ड) वितरण गर्नुको साथै प्रमुख अतिथि सुनिल कार्कीको हात बाट अघिल्लो कार्यकालमा विभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगी मन लाइ प्रशंसापत्र वितरण गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा पुर्ब अध्यक्ष समेत रहनुभएका रमेश कंडेलले नेपाली संगीतमा नयाँ इतिहास रच्दै अफ्रिकन कलाकार, निर्देशक सम्पादक प्रयोग गरेको भिडियो प्रमुख अतिथिबाटै विमोचन गर्दै सार्वजनिक गरेका छन । कंडेलले लोक तथा आधुनीक गरि एक दर्जन गीतहरुमा स्वर दिई सकेका छन् ।
















प्रतिक्रिया