१ कार्तिक २०८३, आइतबार

संविधानसभामा शून्य बनेको एमाले यसपटक दाङमा कसरी भयो पहिलो ? को–को हुन् किङमेकर ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सविन प्रियासन

२० वर्षपछि स्थानीय तहको निर्वाचन भएसँगै नेकपा एमालेले पनि दाङमा आफ्नो राम्रो उपस्थिति देखाएको छ । २०५४ सालमा स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा जितेको एमाले त्यसपछि २०५६, २०६४ र २०७० सालको निर्वाचनमा शून्य भयो । यो भन्दा पहिला भएका निर्वाचनहरुको मतपरिणामलाई विश्लेषण गर्नेहरुले एमाले अब दाङमा कुनै पनि हालतमा स्थापित हुन सक्दैन भनेर कडा शब्दमा टिप्पणी गर्दै आएका थिए । तर लगातारको हारलाई शक्तिमा रुपान्तरण गर्दै पार्टीलाई एकताबद्ध बनाउने, संगठन प्रभावकारी बनाउने, कार्यक्रमहरु गरिरहने, जनतपक्षीय कामहरुमा सहभागिता जनाउनेलगायतका थुप्रै काम यस अबधिमा एमालेले निरन्तर गरिरह्यो । जसले गर्दा एमाले जनताको प्रिय बन्न पुग्यो ।

खासगरी लोकतन्त्रको बाहालीपछि पहिलो संविधानसभामा जिल्लामा क्लिनस्वीप गरेको माओवादी, त्यसपछि दोस्रो संविधानसभामा क्लिनस्वीप गरेको कांग्रेसले जनताको विश्वास जित्ने काम खासै गर्न सकेन । जसले गर्दा स्थानीय तहको निर्वाचनमा एमाले दाङमा पहिलो शक्ति बन्न पुगेको छ ।

खासगरी लोकतन्त्रको बाहालीपछि पहिलो संविधानसभामा जिल्लामा क्लिनस्वीप गरेको माओवादी, त्यसपछि दोस्रो संविधानसभामा क्लिनस्वीप गरेको कांग्रेसले जनताको विश्वास जित्ने काम खासै गर्न सकेन । जसले गर्दा स्थानीय तहको निर्वाचनमा एमाले दाङमा पहिलो शक्ति बन्न पुगेको छ । एमालेलाई यहाँसम्म ल्याउनका लागि एमालेले सरकारमा बस्दा होस वा प्रतिपक्षमा बस्दा नै किन नहोस देशप्रति देखाएको माया, राष्ट्रियता, नेपालको समृद्धिका लागि अगाडि सारेको प्रभावकारी खाका, स्पष्ट विचारलगायतका कारणले देशव्यापी एमालेप्रति जनलहर आएको छ । यही कुरालाई एमाले दाङले पनि राम्रैसँग बुझेको थियो ।

नेकपा एमालेलाई बलियो बनाउनेका लागि यहाँका धेरै नेताहरुले त्याग गरेका छन् । समर्पण देखाएका छन् । आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेलेका छन् । खासगरी संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीले हार व्यहोरेपछि एमाले नेता शंकर पोख्रेल, युवराज ज्ञवाली, भागवत विश्वासी, सुजिता शाक्य, मेटमणि चौधरी, शान्ता चौधरीलगायतका नेताले दाङको चरम गुटबन्दीलाई नामेट पार्नका लागि नेता कार्यकर्तामा भएका सबै खाले बिकारहरुलाई तिलाञ्जली दिलाउन सफल हुनुभयो । यही कामको सुरुवाती कदम एमालेले सर्वसम्मतरुपमा जुझारु नेता मेटमणि चौधरीलाई दाङ जिल्ला पार्टी इञ्चार्जका रुपमा खटाएर गरेको थियो । चौधरी दाङ इञ्चार्ज भएपछि पार्टीका गतिविधि र संगठन बिस्तारका कामहरु ह्वात्तै बढेको थियो । एमालेप्रति क्रमशः जनलहर बढ्न सुरु गरेको थियो । तर पार्टीमा विभिन्न कारणले पुनः चरम गुटबन्दी फैलियो, जसलाई बडो मेहनत गरेर केन्द्रीय नेताहरुले केही महिनाभित्रै जिल्लाको गुटबन्दीलाई साम्य बनाउन सफल भए ।

खासगरी संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीले हार व्यहोरेपछि एमाले नेता शंकर पोख्रेल, युवराज ज्ञवाली, भागवत विश्वासी, सुजिता शाक्य, मेटमणि चौधरी, शान्ता चौधरीलगायतका नेताले दाङको चरम गुटबन्दीलाई नामेट पार्नका लागि नेता कार्यकर्तामा भएका सबै खाले बिकारहरुलाई तिलाञ्जली दिलाउन सफल हुनुभयो ।

दुई चिरामा विभक्त पार्टीलाई नेताहरुले यतिसम्म एक ढिक्का बनाएर देखाउन सफल पुराना नेता टीकाराम खड्काको अध्यक्षत्तामा अनुभवि नेताहरु हुकुम बस्नेत, हिराचन्द्र केसी, सुरामणि बेलबासेलगायतको कार्यसमिति रहेको सर्वसम्मत जिल्ला कमिटी गठन भयो । त्यसपछि एमालेले धमाकेदार गतिविधिहरु अगाडि बढायो । सबै नेता, कार्यकर्ताहरु एमालेलाई बलियो बनाउन कटिबद्ध भएर लागे । यहाँसम्मकी स्थानीय तहको निर्वाचनका लागि टिकट छनौंटमा समेत एमालेले यति धेरै ध्यान दियो कि जसका कारण कँही कतैपनि मनमुटाब गर्नुपर्ने अवस्था आएन ।

उम्मेदवारहरु पनि जनताले रुचाएका, कामकाजी, संघर्षशील व्यक्तिहरुलाई नै एमालेले अगाडि सार्यो । जसको फलस्वरुप एमालेले दाङको मुख्य थलो घोराही उपमहानगरपालिकामा मेयरमा नरुलाल चौधरी, उपमेयरमा सीता न्यौपानेसहित वहुमत वडा जितेको छ भने तुलसीपुरमा पनि मेयरमा घनश्याम पाण्डेय, उपमेयरमा माया आचार्यसहित विभिन्न वडाहरुमा जीत हात पारेको छ । गढवा, दंगीशरण गाउँ पालिकामा जिति सकेको छ भने बबई गाउँपालिका जितेको छ ।  यी कुराहरु यहाँ किन उठाउन खोजिएको छ भने एमाले दाङमा जबरजस्तरुपमा बलियो शक्तिकारुपमा २० वर्षपछि स्थापित भएको छ ।

दाङमा एमाले कमजोर हुँदा दाङले जुन गतिमा सबै क्षेत्रमा विकास गर्नु पर्ने थियो, त्यो हुन सकेको छैन । पछिल्लो समय दाङको भविष्यसँग जोडिएको विषय दाङलाई प्रदेश नम्वर ५ को राजधानी बनाउने कुरा पनि शंकाको घेरामा परेको छ । दाङ प्रादेशीक राजधानी बनाउने कुरा सबैका लागि उच्चतम प्राथमिकतामा परेको विषय पनि हो । दाङ प्रदेशको हिसाबमा बीचमा छ । सुरक्षाका हिसाबले, जमीनको पर्याप्तताका हिसाबले पनि दाङ भन्दा उपयुक्त अरु कुनै ठाउँ छैन । तर पछिल्ला दिनहरुमा बुटवल जवरजस्तरुपमा राजधानीको दाबी गर्दै अगाडि बढेको छ । स्वम् दङालीहरु पनि बुटवल राजधानी बनि हाल्छ कि भन्ने मनोविज्ञानबाट आक्रान्त छन् । यो सबै हुनुको पछाडि एउटै कारण थियो, दाङमा एमालेका केन्द्रीय नेताहरुको प्रभाव कम छ, बुटवलका नेताहरु एमालेमा हाबी भए, जसले गर्दा बुटवल राजधानी हुनेछ । एकहदसम्म यो सोँचाईमा सत्यता पनि छ । दाङको लागि नेतृत्वदायी भूमिका खेल्न सक्ने शंकर पोख्रेलले संविधानसभा र पार्टीको निर्वाचनमा पनि हार व्यहोर्नु प¥यो । जसका कारण पोख्रेलको पार्टीमा खासै शक्ति नै छैन भन्ने कोणबाट विपक्षीहरुले व्यापकरुपमा खराब कुरालाई स्थापित गर्न खोजे । अर्कोतर्फ एमालेका उपाध्यक्ष युवराज ज्ञवाली गुल्मीसँग पनि साइनो भएकाले उहाँ पनि बुटवलकै पक्षमा हुनुहुन्छ भन्ने तर्कहीन हल्ला जिल्लामा जबरजस्तरुपमा फैलाइयो । यही हल्लाका कारण एमालेले २०७० को भन्दा पार्टी सुदृढीकरण ५० प्रतिशतले बढाएको भएपनि निर्वाचन जितिदैन कि भन्ने आशंका नेताहरुमा पनि थोरैधेरै थियो । एमाले दाङलाई राजधानी बनाउन चाँहदैन भन्ने हल्लालाई चिर्न एमाले नेताहरुलाई धेरै ठाउँमा हम्मे हम्मे प¥यो । सामाजिक सञ्जालहरु यसका नाममा यति धेरै दुरुपयोग गरियोकी जसको लेखाजोखा गरेर साध्य छैन ।

तर पनि एमालेका नेता, कार्यकर्ताहरु दाङ नै राजधानी हुन्छ, एमाले दाङको समृद्धिका लागि कटिबद्ध छ भन्ने कुरामा निरन्तर लागि रहे । एमाले नेता शंकर पोख्रेलले घोराहीलाई केन्द्र बनाएर सिंगो जिल्लाको निर्वाचनलाई विशेषरुपमा हेर्नुभयो । उहाँ चुनावी सभामा नगएको ठाउँ नै बाँकी रहेन । यसका साथै नेता युवराज ज्ञवाली, भागवत विश्वासी, सुजिता शाक्य, मेटमणि चौधरी, शान्ता चौधरी पनि सबैजसो ठाउँमा पुग्नुभयो । एमाले एकताबद्ध भएर निर्वाचनमा होमियो । जसले गर्दा एमाले आज जिल्लाको पहिलो पार्टी बनेको छ । निरन्तर लागेपछि राजनीतिमा पनि दिन आउँछ भन्ने कुरा एमालेको जीतले स्थापित बनाएको छ । सधैभरी हारको सामना गर्दै अगाडि बढेको एमाले चुपचाप लागेर बसेको भए, अहिले पनि निराशा नै मिल्ने थियो । जनपक्षीय काम गर्दै अगाडि बढेमा राजनीतिमा पनि न्याय हुन्छ भन्ने कुरालाई एमालेले पुष्टि गरेकोछ । निर्वाचन जिताउन भूमिका खेल्नेहरु निश्चितरुपमा बधाईका पात्र छन् ।

सम्भावना र चुनौती

स्वाभाविकरुपमा एमालेले निर्वाचन जितेपछि सम्भावना र चुनौती उसको काँधमा छ । स्थानीय तहले अबको पाँच वर्षसम्म आफ्नो क्षेत्रको सबै खाले समृद्धि, विकासलाई अगाडि बढाउनेछ । दाङ विकासको व्यापक सम्भावना बोकेको जिल्ला हो । यदि अबको पाँच वर्षमा एमालेको नेतृत्वमा दाङले चमत्कारीपूर्ण समृद्धि र विकासलाई अगाडि बढाउन सक्यो, यहाँको जीवनस्तर सुधार गर्न सक्यो भने दाङमा लामो समयसम्म एमालेले आफ्नो बर्चश्व कायम गर्न सक्नेछ । यदि जनपक्षीय कामहरु गर्न सकने, समय सापेक्ष आफूलाई विकासप्रेमी, समृद्धिलाई महत्व दिने, निष्पक्षरुपमा काम गर्ने पार्टीकारुपमा विकास गर्न सकेन, संगठनलाई अझै बलियो बनाउने सवालमा भूमिका खेल्न सकेन भने एमाले फेरि ओरालो लाग्नेछ ।

प्रदेशको राजधानी दाङ

एमालेको काँधमा दाङको समृद्धिसँगै जिल्लालाई राजधानी बनाउने मुख्य एजेण्डालाई सार्थक बनाउने दायित्व पनि हात लागेको छ । प्रदेशको राजधानी बनाउने काम प्रदेश सभाको हो । प्रदेशसभाको वहुमतले राजधानीको टुँगो लगाउनेछ । तर त्यो भन्दा पहिले राजधानीको लागि माहोल बनाउनेदेखि प्रदेश अनि केन्द्रसम्म लविङ गर्ने, र अन्य जिल्लाहरुको पनि मन जित्ने खालका काम दाङले गर्नैपर्छ । दाङ एक्लैले चाहेर वा यहाँको कुनै एक दलले यो एजेण्डा उठाउँदैमा दाङ राजधानी बन्न सक्दैन । सर्वप्रथम यहाँका सबै दलहरु यो विषयमा एकमत हुन जरुरी छ । अन्य जिल्लालाई पनि दाङ राजधानी हुँदा यी यी कारणहरुले राम्रो हुन्छ, हामीले सबै ठाउँको विकास र नेतृत्व न्यायोचित तरिकाले गर्नेछौं भन्ने कुरालाई स्थापित दाङले नै गर्नुपर्छ ।

स्वाभाविक रुपमा एमालेमा शंकर पोख्रेल, युवराज ज्ञवालीहरु शक्तिशाली हुनुहुन्छ । स्थानीय तहको निर्वाचनमा एमालेले जबरजस्त जीत हात पारेकाले पार्टीमा अब झनै उहाँहरुको शक्ति ह्वात्तै बढ्नेछ । एमालेको जीतले दाङलाई राजधानी बनाउने ढोका खुलेको छ ।

स्वाभाविक रुपमा एमालेमा शंकर पोख्रेल, युवराज ज्ञवालीहरु शक्तिशाली हुनुहुन्छ । स्थानीय तहको निर्वाचनमा एमालेले जबरजस्त जीत हात पारेकाले पार्टीमा अब झनै उहाँहरुको शक्ति ह्वात्तै बढ्नेछ । एमालेको जीतले दाङलाई राजधानी बनाउने ढोका खुलेको छ । स्थानीय तहको निर्वाचनलाई हेर्दा प्रदेशसभामा पनि दाङबाट एमालेको राम्रो उपस्थिति हुन सक्छ भन्ने अनुमान सबैले लगाइ रहेका छन् । यस्तो भएमा स्वाभाविकरुपमा दाङलाई राजधानी बनाउन एमाले नेताहरुले अन्यको तुलनामा एककदम अगाडि सरेर भूमिका खेल्न सक्छन्, खेल्नुपर्छ । दाङलाई राजधानी बनाउनका लागि एमालेका यहाँका वा अन्य ठाउँका नेताहरुलाई बोल्न र भूमिका खेल्न कञ्जुस्याइँ गर्नुपर्ने अवस्था पनि छैन । किनकी एमालेको शक्तिशाली सल्लाहकार परिषद्ले यस अगाडि नै केन्द्रीय कमिटीलाई दाङ राजधानी उपयुक्त छ भनेर सल्लाह दिइसकेको छ ।

त्यसपछि एमालेले यस विषयमा कुनै पनि निर्णय गरेको छैन ।   प्रदेशको अस्थायी मुकाम दाङमै
स्थानीय तहको निर्वाचन लगभग सकिएको छ । दुई नम्वर प्रदेशमा पनि असोज २ गते स्थानीय तहको निर्वाचन गर्ने भनेर तयारी गरिएको छ । यससँगै निवार्चन आयोगले असोज महिनामै प्रदेशसभा र मंसिर महिनामा प्रतिनिधिसभाको निर्वाचन गर्ने भनेर तयारी गरेको छ । तसर्थ दाङलाई राजधानी बनाउनका लागि यतिबेला यहाँका नेता, सांसदहरुले विशेषरुपमा ध्यान दिनुपर्ने कुरा प्रदेशको अस्थायी मुकाम (अर्थात अस्थायी राजधानी) तोक्ने कुरा हो । यो सरकारले तोक्छ । यतिबेला सरकारको नेतृत्व कांग्रेसले गरिरहेको छ । त्यसमा माओवादी केन्द्रको पनि सहभागिता छ । तसर्थ प्रदेशको अस्थायी मुकाम तोक्दा दाङमा तोक्ने सवालमा सरकारमा बसेका र प्रतिपक्ष एमालेका नेताहरुले पनि विशेषरुपमा ध्यान दिनुपर्छ । दाङलाई राजधानी बनाउने सवालमा माओवादी केन्द्र स्पष्ट छ । कांग्रेस अझै पनि यस विषयमा खुलेर देखिने दस्ताबेजसहित अगाडि आउन सकेको छैन ।

तर दाङमा पहिले देखि कांग्रेसको राम्रो भएको र संविधानसभाको दोस्रो निर्वाचनमा पनि पाँच सिटै जितेकाले पनि कांग्रेस नेतृत्वको सरकारले दाङलाई अस्थायी मुकाम तोक्न आँट गर्नुपर्छ । अन्य जिल्लाका सबैजसो पार्टीका नेताहरुले पनि अस्थायी मुकाम आफ्नै ठाउँमा तोक्नका लागि विभिन्न षड्यन्त्र र खबरदारीहरु गरिरहेका छन् । दाङका नेताहरु सजग हुँदै यस कुरामा गम्भीर हुन सकेमा पछिको लागि राम्रो हुनेछ ।

अस्थायी मुकाम तोक्दैमा अहिले नै प्रदेशको राजधानी बन्छ भन्ने होइन, तर यस्ता कार्यले अलिकति भएपनि माहोल बनाउन भूमिका खेल्छ । तुलसीपुरमा उच्च अदालतलगायतका प्रदेश केन्द्रीत कार्यालयहरु बनाउँदा एक किमिसको माहोल दाङको पक्षमा बनेको छ । दाङ सबै कुराले प्रदेशको राजधानी बन्न लायक छ । तसर्थ राज्य प्रदेशको निर्वाचनको तयारीमा जुटि रहँदा दाङबासीले आ–आफ्नो ठाउँबाट जसले जहाँबाट सक्छ, त्यहीबाट दाङलाई राजधानी बनाउन माहोल सिर्जना गर्नेतर्फ भूमिका खेल्नुपर्छ । प्रदेशसभामा पनि दाङको पक्षमा सशक्त भूमिका खेल्न सक्ने उम्मेदवार र पार्टीलाई जिताउने सवालमा सबैले ध्यानदृष्टि पु¥याएमा दाङलाई प्रदेशको राजधानी बन्नबाट अब कसैले रोक्न सक्दैन ।