१ कार्तिक २०८३, आइतबार

अमेरिकामा नेपाली दम्पत्तीले बनाएको रमाइलो भिडियो भाइरल

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । न्युयोर्कमा रहेका पत्रकार जोडी अनुज थापा र दिपिका श्रेष्ठले गत हप्ता आफ्नो नियमित भिडियो ब्लगका लागि एउटा भिडियो रमाइलोका लागि तयार पारेको भिडियो भाइरल बनेको छ ।

पुरानो नेपाली फिल्म कोसेलीको “यो बाटो कहाँ जाने हो” भन्ने गीतलाई जोडीले आफ्नै ढंगले न्युयोर्क शहरको कोरोना पार्कमा साइकल चलाउंदै छायांकन गरेका थिए । त्यो रमाइलो भिडियो यसरी मन पराइन्छ भनेर उनीहरुले सोचेको पनि थिएनन् ।

आइफोनबाट खिचिएको उक्त भिडियो ब्लगलाई धेरैले सेयर गरेका छन् । यता उक्त पुराना गीतका कलाकार विजय लामाले उक्त ब्लग मन परेको भन्दै आफूहरु चाँडै यो गीतलाई गाउने तरखरमा रहेको बताएका छन् ।

“म र समृद्धि राई मिलेर यो गीत गाउने कुरा भइरहेका छ” लामाले बताए ।

यता भिडियो ब्लग बनाएका पत्रकार अनुज थापा भने आफुले नियमित जसो भिडियो ब्लग बनाइरहेकामा यो ब्लग धेरलै मन पराएकोमा अचम्ममा परेको बताए ।

“हामीले रमाइलोका लागि मात्र बनाएका हो” पत्रकार थापाले भने, “भिडियोमा हेर्नुहोस् न, म चुइगम चपाउंदै छु तर यहि कुरा दर्शकले मन पराए। ”

यो जोडीको रमाइलो भिडियो ब्लग यहाँ हेर्न सकिन्छ ।