२ कार्तिक २०८३, सोमबार

झापाको अन्तिम नगरपालिकाको मतपरिणाम आज साँझ आउने, कुन पार्टी अगाडि ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर, २५ असार । स्थानीय सम्पन्न दोस्रो चरणको निर्वाचनअन्तर्गत अर्जुनधारा नगरपालिकाको अन्तिम परिणाम आज साँझमा आउने भएको छ ।

अहिलेसम्ममा २८ हजार ४६२ मतगणना भइसकेकामा नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार हरिकुमार राणाले १३ हजार २५४ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । त्यस्तै नेपाली काँग्रेसका हेमराज खरेलले नौ हजार १६६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार कमला आचार्य(खतिवडा)ले १२ हजार २८२ तथा काँग्रेसका सरस्वती सिटौलाले १० हजार ६२ मत प्राप्त गर्नुभएको छ ।

यही असार १४ गते सम्पन्न निर्वाचनमा अर्जुनधारा नगरपालिकाबाहेक सबै गाउँपालिका र नगरपालिकाको मतपरिणाम आइसकेको छ । विवादका कारण चार दिन रोकिएको नगरपालिकाको मतगणना असार १७ गते बेलुकादेखि पुनः सुरु भएको निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाले बताउनुभयो । कुल ४० हजार ४३० मतदाता रहेको नगरपालिकामा ३० हजार ३७ मत खसेको थियो । रासस