१ कार्तिक २०८३, आइतबार

अमेरिकामा रहेका तीन लाख नेपाली नै मेरो टिम : राम पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस ।  टेक्ससको ड्यालसमा बस्दै आभएका राम पोखरेलले एनआरएन अमेरिकाको अध्यक्षमा शनिबार उम्मेदवारी दर्ता गरेका छन् ।

वर्तमान उपाध्यक्ष समेत रहेका पोखरेलले आफ्नो कुनै प्यानलभन्दा पनि अमेरिकामा रहेका सबै नेपालीलाई समेटेर उम्मेदवारी दिएको बताए ।

एनआरएन साझा संस्था भएकोले आफू प्यानल वा गुटभन्दा पनि सबैको साझा अध्यक्ष भएर एनआरएन सञ्चालन गर्ने उद्धेश्यका साथ अध्यक्षको उम्मेदवार भएको पोखरेलले बताएका छन् ।

वर्तमान बोर्डमा रहँदा पनि आफू सदैव न्याय र एनआरएन संस्थाको हितमा लागेको बताउँदै पोखरेलले आफू एनआरएन सुधारको मुख्य योजना बोकेकाले सबैको साथ र समर्थन पाउने पोखरेलको दाबी छ ।

पोखरेलका एजेण्डा 
-आज हाम्रो दाहित्यो अमेरिकामा रहेका दोस्रो पुस्ताका नेपालीहरूलाई हाम्रो भाषा, संस्कृति सिकाउनु
–एनआरएन अमेरिकालाई स्थानीय संघसंस्थाहरुसँग सहकार्य गर्नेगरि अघि बढाइनेछ, यो संस्थाले कार्यक्रम गर्दा स्थानीय संघसंस्था मिलेमा स्थानीय अमेरिकी सरकारका निकायहरुसँग पनि सहकार्य गर्दै अघि बढाइनेछ ।
–एनआरएन अमेरिकाका स्टेट च्याप्टरहलाई विशेष अधिकार र सहयोग केन्द्रले गर्ने योजना मैले बनाएको छु । एनआरएनको सदस्य भएपछि मैले के पाउँछु भन्ने अहिले धेरैको चासो छ । त्यसलाई समाधान गर्न एनआरएन अमेरिकाले हरेक सदस्यलाई परिचयपत्र सहित सहुलियतपूर्ण योजनाहरू अघि सार्ने योजनामा अघि बढ्न जरुरी छ ।
–नवआगन्तुक आप्रवासीहरुको सजिलो र सुविधाका लागि New comer’s Guide  छाप्ने र वेबसाइटमा समेत राखेर सजिलो बनाउने व्यवस्था गर्नुपर्ने जरुरी छ । कसरी ड्राइभिङ लाइसेन्स लिने, सोसल सेक्युरिटी अफिससम्म कसरी पुग्ने भन्ने बारेमा जानकारी दिँदै हरेक स्थानमा आवश्यक पर्दा सहयोग गर्नेगरि ‘फोकल पर्सन’ को व्यवस्था गर्नु जरुरी भैसकेको ।
–विगतमा भएका कमी कमजोरीहरुको समीक्षा गर्दै अमेरिकामा रहेका नेपालीहरूलाई आवश्यक पर्दा सहयोग गर्नेगरि ‘आपत्कालीन कोष’ को व्यवस्था गर्ने योजना गरेको छु ।
–एनआरएन अमेरिका मार्फत मातृभूमिमा हुने गरेको परोपकारी तथा कल्याणकारी कार्यहरुलाई संस्थागत रूपले अघि बढाउनुपर्ने जरुरी छ । कामहरू धेरै भएका छन्, तर आधिकारिक रूपमा कहीँ र कतैपनि नदेखिने, दोहोरिने प्रवृत्ति ज्यादा छ ।
–एनआरएन अमेरिकाले अहिलेपनि एनआरएनको अन्तर्राष्ट्रिय समितिमा हस्तक्षेपकारी अर्थात् प्रभावकारी भूमिका पाउन सकेको छैन । संसारकै विकसित, सबल देशमा बस्ने हामी नेपालीको एनआरएन अन्तर्राष्ट्रिय समितिमा उपस्थिति भने सबैभन्दा कमजोर देखिएको छ । यसलाई समीक्षा गर्दै उपस्थिति बलियो बनाउन जरुरी छ ।