४ कार्तिक २०८३, बुधबार

मल्टिक्स ब्राण्डको थ्री–इन–वन भेहिकल नेपाली बजारमा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । नेपालमा मल्टिक्स ब्राण्डका गाडिहरुको एक मात्र बिक्रेता बाबा समूहअन्तर्गतको बाबा अटोमाटा ट्रेडिङ प्रालिले मल्टिक्स ब्राण्डका गाडीहरु नेपालमा औपचारिकरुपमा बिक्री शुभारम्भ गरेको छ । यस गाडीको उत्पादक भारतको आइसर पोलारिस प्रालिका प्रमुख कार्यकारी अधिकृत पञ्कज दुवे र बाबा समूहका निर्देशक विशाल शाहले असार २२ गते बिहीबार संयुक्तरुपमा यसको समुद्घाटन गर्नुभएको हो । बाबा समूह सन् १९९० देखि अटोमोवाइल क्षेत्रमा क्रियाशील समूह हो ।

व्यक्तिगतदेखि व्यवसायीक प्रयोजनका लागि निकै उपयोगी मल्टिक्समा रहेको इन्डेपेन्डेन्ट सस्पेन्सनले नेपालका तराईदेखि पहाडी जुनसुकै उबड खावड बाटोमा सजिलै गुडनसक्ने क्षमता राख्दछ । १८ लाख किलोमिटरसम्म कच्ची सडकमा निरन्तर परिक्षणबाट यसको सुरक्षा र दिगोपना प्रमाणित गरिएको छ । वृहतरुपमा उपभोक्ताको चाहनालाई अध्ययन गरेर निर्माण गरिएका मल्टिक्सका साधनहरु नेपालका लागि उपयोगी हुने कुरामा शंका छैन । गाडि पल्टिहाल्दा पनि यसको ट्यूबलर फ्रेम बडीका कारण ठूलो क्षति हुनबाट रोक्छ । फोर स्ट्रोक डाइरेक्ट इन्जेक्शन डिजल इन्जिन रहेको यो साधनले सजिलै २५ देखि ३० किलोमिटरको माइलेज दिन्छ । १७२ एमएम तथा २२४ एमएमसम्मको हाइ ग्राउण्ड क्लियरेन्स रहेको मल्टिक्सको बडी अत्यधिक टिकाउ सामग्री फ्लेक्सिटपले बनेको छ ।

पाँच सिट क्षमताको मल्टिक्समा परिवारका सदस्यहरु आरामसँग बस्न र घुम्न सक्दछन् । साथै एक हजार ९१८ लिटरसम्म बोक्नसक्ने क्षमता भएकाले यो साधन व्यवसायिक यात्राको लागि समेत उत्तिकै उपयोगी छ । तुरुन्तै सिट फोल्ड गरेर सामानहरु राख्न पर्याप्त स्पेस निर्माण गर्न सकिने मल्टिक्स ब्राण्डका गाडिहरु व्यवसायमा संलग्न परिवारको आवश्यकता पूर्ति गर्ने उद्देश्यले नै सन् २०१२ मा निर्माण गरिएको हो ।

मल्टिक्सका दुई मोडल र विभिन्न चार रंगमा बजारमा उपलब्ध छन् । साथै, यसले तीन किलोवाटसम्म विद्युत उत्पादन गर्नसक्ने भएकाले यसलाई फ्यामिली, विजनेश र पावर जेनरेटर (थ्री इन वान) भनिएको हो । यसको बिजुलीले घरलाई सजिलै उज्यालो बनाउन, सार्वजनिक कार्यक्रममा म्युजिक सिस्टम देखि कृषियन्त्रहरु सञ्चालन गर्ने आदि काममा वैकल्पिक उर्जाको स्रोतको रुपमा सजिलै प्रयोग गर्न सकिन्छ ।

मूल्यका हिसावले समेत निकै किफायती यस गाडिको न्यूनतम मूल्य १२ लाख ५० हजार रुपियाँ रहेको छ । साथै, कम मूल्यमा यसको मर्मत र स्पेयर पार्टसहरु खरिद गर्न सकिन्छ । नेपालमा यसको स्पेयर पार्टसहरु सजिलै उपलब्ध हुन्छ । बाबा ग्रुपका डाइरेक्टर विशाल शाह भन्नुहुन्छ– परिवारदेखि व्यवसायमा प्रयोग गर्न सकिने मल्टिक्सले नेपालमा जुनसुकै पिच तथा अफ रोडमा शानदार क्वालिटी र भरोशा दिलाउँछ । मूल्यका हिसावले पनि नेपालका हरेक बर्गको पहुँचमा यो साधन पर्दछ ।

भूकम्पपछिको राहत र उद्दारका क्रममा आइसर पोलारिसको मुख्य साझेदार संस्था पोलारिस इण्डिया लिमिटेडले सबै भूभागमा चल्नसक्ने पाँचवटा सवारी साधनहरु नेपाली सेनालाई उपलब्ध गराएको थियो । ती सवारी साधनले राहत र उद्दार कार्यमा आफूहरुलाई निकै ठूलो सहयोग पुगेको भन्दै तत्कालिन प्रधानसेनापति गौरवसम्शेर राणाले पोलारिस इण्डिया प्रालिका कार्यकारी निर्देशक पञ्कज दुवेलाई धन्यवादसहितको पत्रसमेत पठाएका थिए ।

आइसर पोलारिसका बारेमा

आइसर मोटर्स लिमिटेड भारतको प्रमुख ट्रक निर्माता कम्पनी हुनुका साथै रोयल इनफिल्डको पनि निर्माण गर्दछ । अन्तर्राष्ट्रिय ब्राण्डहरु निर्माण गर्ने कुरामा यसको दशकौं पूरानो अनुभव छ । अर्को कम्पनी पोलारिस इन्डष्ट्रिज इन्क विश्वका आधुनिक सवारी साधन निर्माण गर्ने कम्पनी हो । यो अमेरिकन कम्पनी हो । आइसर र पोलारिसको संयुक्त लगानीमा आइसर पोलारिस प्रालि स्थापना भएको हो, जसले थ्री–इन–वान मल्टिक्सको उत्पादन गर्दछ ।

आइसर पोलारिसको प्लान्ट भारतको जयपुरको कुकाजमा रहेको छ भने कर्पोरेट अफिस दिल्लीको गुडगाउँमा रहेको छ । भारतका प्रान्तहरुमा उत्साहजनक बिक्रीको सफलता पाएको मल्टिक्सले नेपालसहित अन्य मुलुकहरुमा समेत आफ्नो उपस्थिति बढाउँदै लगेको छ । ग्लोबल एटीभी एक्सपर्ट पोलारिस इन्डष्ट्रिजसँगको सशक्त साझेदारीले मल्टिक्स एउटा गेम चेन्जर हुने विश्वास लिइएको छ ।