१० मंसिर २०८३, बिहिबार

निर्वाचन आयोगमा राजपाद्वारा दल दर्ताको निवेदन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २३ असार । राष्ट्रिय जनता पार्टी नेपालभित्रको विवाद अन्त्य भएपछि शुक्रबार दल दर्ताको निवेदन निर्वाचन आयोगमा दिइएको छ ।

काठमाडौंको बिजुलीबजारमा शुक्रबार बसेको राजपा नेपालको अध्यक्षमण्डलको बैठकमा सहमति भएपछि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइएको अध्यक्षमण्डलका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

राजपाका अर्का नेता केशव झाले पनि सहमति भएपछि सबै शीर्ष नेताहरू दल दर्ताको निवेदन दिन निर्वाचन कार्यालय पुगेको जानकारी दिए ।

दल दर्ताको निवेदन दिन राजाप नेपालका संयोजक महन्थ ठाकुरसहितका शीर्ष नेता तथा कार्यकर्ता निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

असार २१ गते नै पार्टी दर्ता गर्ने तयारी भए पनि पार्टी विधानको प्रस्तावनामा नै नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंह तथा बाबा रामजनम तिवारीको नाम राख्नुपर्ने अडान नेता झाले राखेपछि पार्टी दर्ताको प्रक्रिया अवरुद्ध भएको थियो ।

गजेन्द्रनारायण सिंहलगायत मधेशका लागि योगदान दिने व्यक्तिहरुको नाम पार्टीको घोषणापत्रमा राख्ने सहमति बनेपछि नेताहरु पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।