१ कार्तिक २०८३, आइतबार

बामदेव गौतमले भने- स्थानीय चुनावमा पार्टीभित्र अन्तरघात भयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २३ असार । एमालेका उपाध्यक्ष बामदेव गौतमले स्थानीय तहको चुनावमा अन्तरघातका कारण एमालेले अपेक्षा गरे अनुसार जित हात पार्न नसकेको बताउनु भएको छ ।

राजधानीका शुक्रबार आयोजित कार्यक्रममा उपाध्यक्ष गौतमले प्रदेश नम्बर २ मा ५० प्रतिशत सिट जितेर एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभयो ।

‘तेस्रो चरणको चुनावपछि पनि स्थानीय तहमा एमाले पहिलो दल बन्छ’, उहाँले भन्नुभयो, ‘एमाले अध्ययन गरेरै अनुमान गरेको हो ।’

उहाँले प्रदेश नम्बर २ मा ५० प्रतिशत सिट जित्ने दोहोर्याउनुभयो । गौतमले अब हुने प्रदेशको चुनावपछि एमालेले सात वटै प्रदेशमा सरकार बनाउने दाबी गर्नुभयो ।