१ कार्तिक २०८३, आइतबार

जन्मकैदको सजाय पाएका चौधरी गाउँपालिका अध्यक्ष बने

38.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २३ असार । बाँके जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका व्यक्ति गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्।

जेल जानुपर्नेमा विजयको माला पहिरने भाग्यमानी हुन्, नेपाली काँग्रेसबाट बाँकेको डुडुवा गाउँपालिकाको उम्मेद्वार बनेका नरेन्द्रकुमार चौधरी कुर्मी । उनी संघीय समाजवादी फोरम नेपालका उम्मेद्वार विजयबहादुर यादवलाई हराउँदै गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् ।

कारागारमा सजाय भोगिरहेका चौधरीलाई २०७१ सालको प्रजातन्त्र दिवसका अवसरमा तत्कालीन नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले कैद माफी गरिदिएको थियो।

जेलमुक्त भएका चौधरीमाथि दुईवटा डाँका मुद्दा, दुईवटा कर्तव्य ज्यान मुद्दा र ज्यान मार्ने उद्योगलगायत पाँच मुद्दामा जिल्ला अदालत बाँकेले जन्मकैदको सजाय तोकेको थियो। उनी जेलबाट रिहा भएपछि स्वागतका लागि नेपाली काँग्रेसका विभिन्न कार्यकर्ता उनीलाई भेटन पुगेका थिए।