४ कार्तिक २०८३, बुधबार

एन आई सी एशिया बैंकको नयाँ शाखा कालिकोटमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । एन आई सी एशिया बैंकको नयाँ शाखा खडाचक्र नगरपालिका, वार्ड नं. १, मान्मा, कालिकोटमा नयाँ शाखा स्थापना गरेको छ ।

शाखाको खडाचक्र नगरपालिकाका मेयर जसी पाण्डे तथा कालिकोट उद्योग बाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर ११७ शाखा कार्यालयहरु संचालनमा रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।