
बेल्जियम । बेल्जियममा एकजना कठोर पतिले आफ्नी पत्नीलाई बिचल्ली बनाएको खुलासा भएको छ ।
पारिवारिक हिंसा खप्दै नेपाल पुर्याइएकी कविता सिटौलालाई बेल्जियममा बसोबास गर्ने नेपालीहरूले सहयोगमा बेल्जियम फिर्ता गराएका छन् ।
दुई महिनाअघि श्रीमान् कमल सिटौलाले श्रीमती कविताका सबै कागजपत्र लिएर आफू मात्रै नेपालबाट बेल्जियम फर्केका थिए । पटक–पटक आफ्नो कागजपत्र फिर्ता माग्दा पनि नदिएपछि कविताले बेल्जियमको गैर आवासीय नेपाली संघलगायत विभिन्न संघसंस्थामा आफूलाई न्याय दिन निवेदन दिएकी थिइन् ।
पत्रकार निलम घिमिरेले फेसबुकमा उनलाई न्याय दिलाउन पहल गर्ने कुरा गर्दा बेल्जियमका संघ संस्थाका प्रमुखहरू उनीमाथि जाइलागेका थिए ।
पत्रकार निलम घिमिरे, सन्तोष न्यौपाने, शेरबहादुर छन्त्याल, नेपाल प्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेल, राउटेहरूको स्वास्थ्य सेवामा लागिपरेका समाजसेवी लोक दाहाल, जाजरकोटमै पुगेर राउटेको उपचार गरेका डाक्टर लुकले उनलाई बेल्जियम फर्काउन कागजी प्रकृयादेखि सबै काममा सहयोग गरेका थिए ।
न्याय दिन पहल गर्ने सबै जना एयरपोर्ट पुगेर कवितालाई लिएर आएका थिए ।
नयाँ पासपोर्ट बनाएर भिसा लगाइसकेपछि बेल्जियम आइन् कविता । आइसकेपछि कहाँ बस्ने समस्या हुने नै भएको थियो ।















प्रतिक्रिया